News Portal

  • बुधवार थप ११६ व्यक्तिमा कोरोना सङ्क्रमण, एक जनाको मृत्यु

    भक्तपुरपोस्ट संवाददाता३१ असार २०७७
    ६२१ पटक
    ३१ असार २०७७

    काठमाडौं । नेपालमा बुधवार थप ११६ व्यक्तिमा कोरोना सङ्क्रमण र एक जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै बुधवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १७,०६१ पुगेको छ ।

    प्रदेश नं १ मा ३, प्रदेश नं २ मा २४, वाग्मती प्रदेशमा १८, गण्डकी प्रदेशमा २७, प्रदेश नं ५ मा १, कर्णाली प्रदेशमा ४० र सुदूरपश्चिम प्रदेशमा ३ सङ्क्रमित फेला परेका हुन्।

    तीमध्ये ११,०२५ जना अर्थात् ६४.२ प्रतिशत सङ्क्रमितहरू भाइरसमुक्त भएर घर फर्किएको र ३९ जनाको मृत्यु भएको मन्त्रालयमन्त्रालयले जनाएको छ ।

    विगत २४ घण्टामा ६९७ जना निको भएर घर फर्किएको जानकारी मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका छन्। अहिले देशभरि ६,११३ सक्रिय सङ्क्रमित भएको उनले बताए।

    रौतहटका परोहा नगरपालिकाका ३६ वर्षीय पुरुषको बुधवार दिउँसो निधन भएको डा. गौतमले बताए । मृतकका परिवारका सदस्य कोभिड-१९ बाट मृत्यु भएको आफन्तको अन्तिम संस्कारका लागि भारत भ्रमण गरेको बताइएको छ। उनी असार २४ गते नेपाल फर्की क्वारन्टीनमा बसेको र असार २९ गते ज्वरो आई श्वासप्रश्वासमा समस्या आएपछि उनलाई नारायणी अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो।

    उनलाई बुधवार बिहानदेखि भेन्टीलेटरमा राखेर उपचार थालिएको थियो।

    विगत २४ घण्टामा पीसीआर विधिबाट ५,०९० वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। अहिले देशभरिका क्वारन्टीनमा मानिसको सङ्ख्या घटेर २४,५२७ पुगेको छ। तीमध्ये सुदूरपश्चिममा सर्वाधिक छन्।

    प्रतिकृया दिनुहोस्

    अभियन्ता एवं सञ्चारकर्मी पुण्य गौतममाथि रड प्रहार

    सामाजिक अभियन्ता एवं सञ्चारकर्मी पुण्य गौतममाथि रड प्रहार भएको छ । सोमबार राति अज्ञात समुहले...

    भक्तपुरमा दशैँ मनाउन नयाँ साईत

    बडादशैँमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकोलेका साईतप्रति अससहमति जनाउँदै भक्तपुर नगर भित्र नयाँ तालिका...

    स्वास्थ्य मन्त्रालयमा प्राविधिक सचिव आवश्यक : मन्त्री थापा

    बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेश सरकार मातहतको स्वास्थ्य मन्त्रालयमा प्राविधिक सचिव हुनुपर्ने...

    भक्तपुरब्यापी आमन्त्रित व्याडमिन्टनमा बस्नेत र श्रेष्ठको जोडी विजयी

    प्रथम जिल्लाव्यापी आमन्त्रित व्याडमिन्टन प्रतियोगिताको उपाधि चन्द्र–वैभव व्याडमिन्टन क्लवका दिपक बस्नेत र युवराज श्रेष्ठले जितेका...

    सरकारलाई प्रमुख प्रतिपक्षी दलको ध्यानाकर्षण पत्र

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बाढी, पहिरो,...