News Portal

  • प्रहरी अस्पताललाई शिष्ट भएर सेवा प्रवाह गर्न प्रहरी महानिरीक्षककाे निर्देशन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ साउन
    ९५३ पटक
    भक्तपुर, २ साउन

    प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले महाराजगंजस्थित नेपाल प्रहरी अस्पतालको स्थलगत निरीक्षण भ्रमण गरेका छन् ।  शुक्रबार उनले अस्पतालको स्थलगत निरीक्षण गरी त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशनसमेत दिएका हुन् ।

    प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पतालको मोलेकुलर परीक्षण इकाई, आइसोलेसन वार्ड, डाईलाइसिस युनिट, क्लिनिकल प्याथोलोजी, नवजात शिशु सधन उपचार कक्ष, पोष्ट अपरेटिभ वार्ड, मानसिक रोग वार्ड, बालरोग वार्ड, मेडिकल वार्ड, अर्थो वार्ड, सर्जिकल वार्ड, स्त्री तथा प्रसुती वार्ड, ओपिडी, फिजियो थेरापी रिहाविलिटेशन युनिट लगायतको निरीक्षण गरेका थिए । साथै उनले उपचाररत विरामीहरुको स्वास्थ्य अवस्था तथा अस्पतालबाट हुने विविध गतिविधिका बारेमा जानकारी समेत लिएका अस्पतालले जनाएकाे छ ।

    निरीक्षणपछि आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पताल सबै प्रहरी कर्मचारीहरुले सामूहिक भावना बाट मात्र  अगाडि बढ्नेमा जोड दिए । साे क्रममा उनले सेवाग्राहीप्रति वोली, वचन तथा व्यवहारमा शिष्टताका साथ सेवा प्रवाह गर्न निर्देशन समेत दिए । उक्त अवसरमा महानिरीक्षक थापाले अस्पतालकाे सेवालाइ प्रभावकारी बनाउन आफूले आवश्यक सबै सहयाेग गर्ने प्रतिबद्धता पनि प्रकट गरेका थिए ।

    कार्यक्रममा सो अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले अस्पताललाई समयनाकूल स्रोत र साधन सम्पन्न बनाउँदै  अस्पताललाई उत्कृष्ट बनाउनेतर्फ सदैव प्रयासरत रहेको बताएकी थिइन् ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...