News Portal

  • अधिकृत स्तरका १७ सय अस्थायी कर्मचारी करारमा राख्दै सरकार

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ८ साउन
    ६८६ पटक
    भक्तपुर, ८ साउन

    सरकारले अधिकृत स्तर र सोभन्दा माथि समेतका बिभिन्न पदमा करारमा अस्थायी कर्मचारी राख्ने भएको छ । विभिन्न मन्त्रालयहरू र तिनका आयोजनामा आवश्यक कर्मचारी करारमा राख्ने भएको हो ।

    मन्त्रिपरिषद् बैठकले अस्थायी दरबन्दी स्वीकृत गरेसंगै अधिकृत स्तर र सोभन्दा माथि समेतका बिभिन्न पदमा करारमा अस्थायी कर्मचारी राख्ने बाटो खुलेको छ । यस्ता विभिन्न पदमा करिब १ हजार ७ सय कर्माचारीले रोजगारी पाउने भएका छन् ।स्थायी दरबन्दी नभएका ति पदहरुमा छोटो समयका लागि अस्थायी दरबन्दी स्वीकृत भएको हो ।

    यो संगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सञ्चालित कार्यक्रमका लागि सबैभन्दा बढी बढी दरबन्दी स्वीकृत भएको छ । यसका लागि ७ सय १५ अस्थायी दरबन्दी स्वीकृत भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय अन्तर्गत सञ्चालित आयोजनाका लागि करिब ४ सय जनाको दरबन्दी सृजना गरेको ऊर्जाको दरबन्दी स्वीकृत भएको छ भने सोही संख्यामा सडक विभाग र रेल विभाग अन्तर्गत सञ्चालन हुने ५२ वटा आयोजनाका लागि समेत अस्थायी दरबन्दी स्सृजना भएका छन् ।त्यसैगरी खानेपानी मन्त्रालयका आयोजनाहरूका लागि २ सय ३८ जनाको दरबन्दी सृजना भएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...