News Portal

  • सरकार बालुवाटारको पर्खालभित्र सिमित : थापा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ साउन
    ११५० पटक
    भक्तपुर, १६ साउन

    नेपाली कांग्रेसका युवा नेतासमेत रहेका सांसद गगन कुमार थापाले सरकार कोभिड १९ नियन्त्रणमा उदासिन रहेको आरोप लगाएका छन् । प्रधानमन्त्री पार्टीको खिचातानीमा व्यस्त रहेको र स्वास्थ्यमन्त्री भजन गाउन मस्त भएको उनको आरोप छ।

    सामाजिक संजाल ट्वीटरमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै उनले सरकार बालुवाटारको पर्खालभित्र सिमित भएको समेत भनेका छन् । ‘भुसको आगो झै संक्रमण फैलिएको छ,सरकार न परीक्षण बढाउँछ न अस्पताल केन्द्रित तयारी गर्छ। बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँ। सरकार अब अति भो!’ उनले भनेका छन् ।

    सांसद थापाले सरकारलाइ कृयाशील गराउन सवैले आवाज उठाउनुपर्ने आवश्यकतासमेत अैाल्याएका छन् ।

    हेर्नुस् थापाको ट्वीट

    ”@PM_Nepalज्यू पार्टीको खिचातानीमा व्यस्त!स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त!
    भुसको आगाेझै संक्रमण फैलिएको छ,सरकार न परीक्षण बढाउँछ न अस्पताल केन्द्रित तयारी गर्छ।बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँ-सरकार अब अति भो!”

    प्रतिकृया दिनुहोस्

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...