News Portal

  • पार्टीमा उठेको बहस पदका लागि भन्ने भ्रम पार्न खोजिएको छ : प्रचण्ड

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ साउन
    १२४७ पटक
    भक्तपुर, १७ साउन

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको बर्तमान बिबाद आफूहरुले पदको लागि नगरेको दाबी गरेका छन् । अहिलेको बहस पार्टी एकताकै पक्षमा र पार्टी मजबुतीको पक्षमा भएको उनको भनाइ छ ।

    तुल्सीलाल अमात्यको स्मृति दिवसका अवसरमा राजधानीमा आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने ‘पार्टीमा उठेको बहस पदका लागि भन्ने भ्रम पार्न खोजिएको छ, यसबारे सबै नेताकार्यकर्ता सचेत हुनु जरुरी छ ।” आफूहरुले पार्टीलाई लहडमा नभई पद्धतीमा लैजाउँ भन्ने अडान नछाड्ने र त्यसले कोही व्यक्तिलाई असर गरेपनि पार्टीलाई ठूलो फाइदा हुने उनको भनाइ छ ।

    पार्टी फुटाउने प्रवृत्ती हावी भएको भन्दै उनले त्यसको मुकाबिला गरी त्यस्तो प्रवृत्तीलाई परास्त गरिने बताए ।”तर एकता कायम राख्ने नाममा गलत विचार, सस्कार र प्रवित्तिप्रति ढाकछोप गरिदैन ।”अध्यक्ष प्रचण्डले स्पष्ट पारे ।

    बुर्जुवाहरू जस्तो चोचोमोचो मिलाएर कम्युनिष्ट पार्टी नचल्ने भन्दै उनले कम्युनिष्ट पार्टीमा तिखो बहस हुने र त्यसले सत्य स्थापित गर्ने उद्घोष समेत गरे ।

    प्रचण्ड–माधव नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेपछि पछिल्लो समय सत्तारुढ नेकपाभित्रको आन्तरीक बिबाद उत्कर्षमा पुगेको छ ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...