News Portal

  • नाकामा कडाइ नगरेको आरोप लागेपछि गृहले भन्यो : १९ हजार ४ सयलाई फर्कायौँ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २६ साउन
    ९९९ पटक
    भक्तपुर, २६ साउन

    प्रवेश नाकामा कडाइ नगरेर उपत्यकामा कोरोना फैलाएको आरोप लागेपछि गृह मन्त्रालयले उपत्याकका बिभिन्न नाकाबाट १९ हजार ४ सयलाई फिर्ता पठाएको बताएको छ ।

    कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सुरक्षा निकाय र सवै जिल्ला प्रशासन कार्यालयहरुमा प्रेषित निर्देशन बमोजिम हालसम्म अनुमति विना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने करिब १९ हजार ४ सय यात्रुहरुलाई विभिन्न प्रवेश नाकाबाटै फिर्ता गरिएको गृह मन्त्रालयले जानकारी गराएको हो ।

    मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए अनुसार हालसम्म अनुमति विना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने करिव ७ हजार ६ सय सवारी साधनलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको छ भने करिब १९ हजार ४ सय यात्रुहरु फिर्ता भएका छन् ।

    यसैगरि तोकिएको निर्देशन विपरित सवारी चलाउने करिव १ लाख ३७ हजार दुई पाङ्‍ग्रे र चार पाङ्‍ग्रे सवारी साधनलाई होल्ड गरिएको तथा हालको जोर विजोर प्रणाली पश्‍चात सो प्रणाली विपरित सवारी चलाउने करिव ५ हजार ३ सय सवारी साधनलाई नियन्त्रण र होल्डिङमा राखी कारवाही गरिएको उनले जानकारी गराए ।

    मास्क प्रयोग नगरी हिड्ने करिव ३ लाख ९५ हजार जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई सम्झाई बुझाई छाड्ने र कतिपयलाई जरिवाना समेत गरिएको भन्दै उनले कोभिड-१९ को बढ्दो संक्रमण नियन्त्रणका लागि जारी निर्देशनको कडाईपूर्वक पालना गराउन कारवाही गर्ने कार्य निरन्तर जारी रहेको बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...