News Portal

  • सबै पालिकाहरूले ३ हप्ताका लागि सेवा बन्द गर्ने,फुटपाथ र साइकलमार्फत गरिने व्यापारमा बन्देज

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २६ साउन
    १६६१ पटक
    भक्तपुर, २६ साउन

    काठमाडौँ उपत्यकाभित्रका सबै पालिकाहरूकाे सेवा ३ हप्ताका लागि बन्द गर्ने निर्णय गरिएकाे छ । अत्यावश्यक बाहेकका सबै सेवा ३ हप्ता बन्द गर्ने निर्णय गरिएको हो ।

    काठमाडौँ उपत्यकाभित्र रहेका नगरपालिकाहरुको फोरमले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको फोरमका अध्यक्ष समेत रहेका महानगरका मेयर विद्यासुन्दर शाक्यले बताए । ”सोमबार बसेको बैठकले अत्यावश्यक बाहेकका सबै सेवा ३ हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको छ ।” उनले भने ।

    उपत्यकामा संक्रमण तीव्र गतिमा फैलिएको भन्दै फोरमले यस्तो निर्णय लिएको हो । उपत्यकाका सिडिओ कार्यालयहरुले यस अघि नै अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरी सूचना समेत जारी गरिसकेका छन् ।

    त्यसैगरी नगरपालिका फोरमको बैठकले तरकारी किनबेच कार्यलाई साँझ र बिहान बाहेक रोक लगाउने निर्णय लिएकाे छ । त्यसैगरी फुटपाथ, ठेला गाडा, साइकलमार्फत गरिने व्यापारलाई भदौ १५ गतेसम्मको लागि रोक लगाउने र निर्माण मजदूरद्वारा गरिने कार्य पनि सोही अवधि सम्म रोक लगाउने निर्णय गरिएकाे बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...