News Portal

  • अछाममा बाढीको वितण्डा, ६ शव भेटियो, एकै घरका १० सहित दुई दर्जन बढी वेपत्ता

    भक्तपुरपोस्ट संवाददाता अछाम, ३ भदाैं
    ९३२ पटक
    अछाम, ३ भदाैं

    अछामको रामारोशनमा मंगलबार राति आएको बाढीले बगाएर ६ जनाको मृत्यु भएको छ । बाढीमा परेर दुर्इ दर्जनभन्दा बढी वेपत्ता भएका छन भने रामाराेशन गाउँपालिकाका थुप्रै घर, पसल, पुल, बाटाेसहितका भाैतिक संरचनामा पनि ठूलाे क्षति पुर्याएकाे छ ।

    बाढीले सैनीबजारमा ठूलाे क्षति पुर्याएकाे छ । साे ठाउँका नन्दु साउदका १० जना परिवार नै वेपत्ता भएकाे खबर आएकाे छ । त्यसैगरी बारला निवासी लालसरा शाह र उनका छोरा, हिक्मत शाहका २ जना परिवार, चन्द्र साउद, बासु साउद र जोगा साउद वेपत्ता भएकाे त्यहाँका स्थानीयले जानकारी दिएका छन् ।

    अछाम जिल्ला प्रहरी कार्यालयले बाढीले दर्जनौं परिवार विस्थापित भएकाे जानकारी दिएकाे छ । प्रहरीका अनुसार ४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको कोसेडा क्षेत्र र २ जनाको शव मंगलसेन नगरपालिका-३ रलेको लमतणा र सेरीमा भेटिएको छ ।

    बाढीमा परेका रामारोसन गाउँपालिका–५ को सैनीबजारमा दुई दर्जनभन्दा बढी मान्छे सम्पर्कविहीन भएका छन् । खालबजार, मुजाबगर, सैनीबजार, गजड, अल्लेडीलगायत धेरै ठाउँमा मानवीय र भौतिक क्षति भएको बताइएकाे छ । बाढीले दर्नामा रहेकाे पक्की पुल नै बगाएको छ ।

    कैलास खोलाको बाढीले छेउछाउका घर, पसल र खेत बगाइदिएको उनले बताए । विष्टका अनुसार दर्नाको सबैभन्दा बढी धान उत्पादन हुने नगरर्नाको कोसेडा खेत बगर बनेको छ । उद्धारका लागि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीकाे टोली घटनास्थलतर्फ लागेको बताइएकाे छ ।

    अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बाढीमा १८ जनाजति सम्पर्कविहीन रहेको खबर आएको जानकारी दिएका छन । उनले घाइतेको उद्धारका लागि हेलिकप्टर पठाइदिन प्रदेश र केन्द्र सरकारलाई अनुरोध गरेकाे जानकारी पनि दिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...