News Portal

  • जगाती वृत्तका प्रमुख समेत रहेका डीएसपी जोशीको सरुवा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ भदौ
    १७३० पटक
    भक्तपुर, १५ भदौ

    महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख समेत रहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रराज जोशीको सरुवा भएको छ । उनको महानगरीय प्रहरी गण महाराजगंजमा सरुवा भएको हो ।

    डिएसपी जोशीको स्थानमा नुवाकोटबाट राजेश थापा आएका छन् । थापाको जिप्रका नुवाकोटबाट जगाती वृत्त प्रमुखमा सरुवा भएको हो ।

    प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूकाे सरुवा गरेसंगै जगाती वृत्तको प्रमुख पनि परिवर्तन गरिएको हो । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको साेमवारकाे निर्णयबाट उक्त सरुवा भएको जनाएको छ । भक्तपुरमा जगाती र थिमि वृत्तमा एकएक र महानगरीय प्रहरी परिसरमा एक गरी प्रहरी नायब उपरीक्षक (डीएसपी) को तीन दरबन्दी रहेको छ । अन्य स्थानमा भने सरुवा भएकाे छैन ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...