News Portal

  • विद्युत प्राधिकरणका कर्मचारी सवार गाडीलाई बाढीले बगाउँदा १ जनाको निधन, २ बेपत्ता

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ७ असोज
    ७२६ पटक
    भक्तपुर, ७ असोज

    नेपाल विद्युत प्राधिकरणका कर्मचारी सवार गाडीलाई बाढीले बगाउदा १ जनाको ज्यान गएको छ भने २ जना बेपत्ता भएका छन् ।

    कपिलवस्तुको तौलिहवा वितरण केन्द्रमा कार्यरत कर्मचारीलाई लिएर विद्युत मर्मत कार्यका लागि निस्केको बा १ च १०८९ नम्बरको जीपलाई फर्कने क्रमम बाणगंगा नगरपालिकास्थित कोइली खोलाले बगाउदा उक्त दुर्घटना भएको हो । वडा नम्बर ७ र ९ को सिमानामा कोइली खोलाले जीप बगाएको थियो । जीपमा छ जना सवार रहेपनि ३ जना भने पौडी खेलेर ज्यान बचाउन सफल भएका छन् ।

    बाँकी ३ जनामध्ये १ जनाको शव फेला परेको छ । गुल्मी रेसुङ्गा– ९ उपल्लो तम्घासका सवारी चालक ३५ वर्षीय माधव पाण्डेको शव फेला परेको हो । बाँकी २ जना अहिलेसम्म बेपत्ता रहेको र खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...