News Portal

  • विद्युत प्राधिकरणका कर्मचारी सवार गाडीलाई बाढीले बगाउँदा १ जनाको निधन, २ बेपत्ता

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ७ असोज
    ५६६ पटक
    भक्तपुर, ७ असोज

    नेपाल विद्युत प्राधिकरणका कर्मचारी सवार गाडीलाई बाढीले बगाउदा १ जनाको ज्यान गएको छ भने २ जना बेपत्ता भएका छन् ।

    कपिलवस्तुको तौलिहवा वितरण केन्द्रमा कार्यरत कर्मचारीलाई लिएर विद्युत मर्मत कार्यका लागि निस्केको बा १ च १०८९ नम्बरको जीपलाई फर्कने क्रमम बाणगंगा नगरपालिकास्थित कोइली खोलाले बगाउदा उक्त दुर्घटना भएको हो । वडा नम्बर ७ र ९ को सिमानामा कोइली खोलाले जीप बगाएको थियो । जीपमा छ जना सवार रहेपनि ३ जना भने पौडी खेलेर ज्यान बचाउन सफल भएका छन् ।

    बाँकी ३ जनामध्ये १ जनाको शव फेला परेको छ । गुल्मी रेसुङ्गा– ९ उपल्लो तम्घासका सवारी चालक ३५ वर्षीय माधव पाण्डेको शव फेला परेको हो । बाँकी २ जना अहिलेसम्म बेपत्ता रहेको र खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    आदर्शस्थित औषधी पसलमा आगलागी, लाखौंको क्षती

    भक्तपुरको सूर्यविनायक नगरपालिका आदर्श चोक स्थित एक औषधी पसलमा एकाबिहानै आगलागी भएको छ । इन्द्र...

    राधेराधेस्थित हनुमन्ते खोलामा स्कुटी सहित मानिस मृत फेला

    भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोलामा स्कुटी सहित एकजना व्यक्ति मृत अवस्थामा फेला परेका छन । मध्यपुर...

    मध्यपुर थिमिमा ब्लड बैंक स्थापना हुने, लायन्स क्लवले १ करोड ३२ लाख सहयोग गर्ने

    मध्यपुर थिमि नगरपालिकाले संचालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ब्लड बैंक स्थापनाका लागि लायन्स...

    बालकोट बस्ने ३२ वर्षिया बुढाथोकी पक्राउ

    उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर-१ बालकोट...

    नयाँ सत्ता समीकरणसंगै तीन मन्त्रीले लिए सपथ

    नयाँ सत्ता समीकरण संगै तीन मन्त्रीले सपथग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा...