News Portal

  • बुधबार सर्वाधिक मानिसहरुमा कोरोना संक्रमण : उपत्यकामा मात्रै १६८४ जना संक्रमित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २१ असाेज
    ७२९ पटक
    भक्तपुर, २१ असाेज

    बुधबार देशमा हालसम्मकै सर्वाधिक मानिसहरुमा कोरोना संक्रमण देखिएकाे छ। पछिल्लो २४ घण्टामा ३४३९ जनामा संक्रमण देखिएको हाे ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिंगमा बुधवार ३४३९ जनामा संक्रमण देखिएको बताएकाे छ । १४२०९ जनाको पीसीआर परीक्षण गर्दा ३४३९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ ।

    प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार उपत्यकामा मात्रै १६८४ जना संक्रमित भएका छन् । जसमध्ये संक्रमित हुनेको संख्या भक्तपुरमा ९५ रहेको छ भने काठमाडौंमा १२९६ र ललितपुरमा २९३ जना संक्रमित भएका बताइएको छ ।

    पछिल्लो २४ घण्टामा ११२६ जना डिस्चार्ज भएका छन्। यो संगै डिस्चार्ज हुनेको संख्या ६८ हजार ६ सय ६८ पुगेको छ । संक्रमितमध्ये ७२ प्रतिशत निको भएका मन्त्रालयले जनाएको छ । अन्य उपचाररत रहेका छन् ।

    पछिल्लो २४ घन्टामा थप १५ जनाले ज्यान गुमाएसंगै कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५ सय ७८ पुगेको छ। यो संक्रमणका कारण मृत्यु दर ०.६१ प्रतिशत हो।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...