News Portal

  • कंगना रनौटमाथि अदालतको आदेशमा मुद्दा दर्ता

    १५३३ पटक

    एजेन्सी । बलिउड नायिका कंगना रनौटविरुद्ध अर्काे एउटा एफआईआर दर्ता गरिएको छ । उनीमाथि बलिउडमा हिन्दु–मुश्लिमको नाममा फाटो ल्याएको आरोप लगाइएको छ । पिटिशनर साहिल अशरफ अली सैयदको निवेदनमा मुम्बइको बान्द्रा अदालतले प्रहरीलाई कंगनाविरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको थियो । उनकी बहिनी रंगोलीविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ । चार दिनअघि मात्रै कंगनाविरुद्ध तुमकुर (कर्नाटक) मा एफआईआर दर्ता भएको थियो । उनीमाथि किसानविरुद्ध अपमान गरेको आरोप लागेको थियो ।

    ताजा मामिलामा पिटिशनरले के भने ?
    साहिल अशरफ अली सैयदले आफ्नो अर्जीमा भने, ‘कंगना रनोट पछिल्लो केही महिनादेखि लगातार बलिउडको नेपोटिजम र फेभरेटिज्मको हब बताएर यसको अपमान गरिरहेकी छिन् । आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलबाट ट्वीट गरेर र टिभी अन्तरवार्तामार्फत् उनी हिन्दू र मुस्लिम कलाकारबीच फाटो पारिरहेकी छिन् ।’

    ‘उनले असाध्यै आपत्तिजनक ट्वीट गरेकी छिन्, धार्मिक भावनालाई मात्रै होइन, इन्डष्ट्रिका थुप्रै साथीभाइको भावनामाथि पनि आहत गरेका छन् ।’ साहिलले प्रमाणको रुपमा कंगनाका थुप्रै ट्वीट अदालतसमक्ष पेश गरेका छन् ।’

    प्रमाण भेटिए कंगनाको गिरफ्तारी हुनसक्छः
    बान्द्राको मेट्रोपोलिटन मजिस्ट्रेट जयदेव वाय घुलेले कंगनाविरुद्ध एफआईआर दर्ता गरेर अनुसन्धानको आदेश दिएका छन् । कंगनासँग सोधपुछ गर्न सकिनेछ र यदि उनीविरुद्ध प्रमाण भेटिए, उनी पक्राउ पर्न सक्छिन् ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...