News Portal

  • कालो चियाबाट हुने लाभबारे यी कुरा जान्नुहोस्

    १२२६ पटक

    एजेन्सी । संसारभरी चियाको शौखिनहरुको कमी छैन । चियाका विभिन्न स्वाद र प्रकार आ–आफ्ना फाइदाका लागि परिचित छन् । तर के तपाईंलाई कालो चिया पनि फाइदाजनक हुन्छन् भन्ने बारे थाहा छ ? कालो चियाबाट हुने लाभबारे जान्न चाहनुहुन्छ भने यो पढ्नुहोस्ः

    १. हृदयका लागि फाइदाजनकः
    हो, कालो चिया तपाईंको मुटुका लागि निकै फाइदाजनक हुन्छ । दैनिक एक कप कालो चिया पिउँदा मुटुलाई स्वस्थ बनाउन मद्दत गर्छ । यसमा भएको फ्लेवेनोयड्स एलडीएल कोलेस्ट्रोललाई कम गर्छ । यसबाहेक कालो चियाको प्रयोग मुटुको धमनीलाई स्वस्थ राख्न मद्दत गर्छ र रगत जम्ने प्रक्रियालाई पनि कम गर्न सहयोग गर्छ ।

    २.क्यान्सरः
    कालो चियालाई दैनिक आफ्नो डाइटमा समावेश गरेर तपाईं प्रोस्टेट, ओभेरियन र फोक्साको क्यान्सरबाट बचाउँछ । कालो चियाको प्रयोग शरीरमा क्यान्सर कोसिकालाई नष्ट गर्न मद्दत गर्छ । यसले महिलामा स्तनको क्यान्सरको सम्भावनालाई पनि रोक्छ साथै मुखको क्यान्सरबाट पनि जोगाउन सहयोग गर्छ ।

    ३. दिमागका लागिः
    दिमागको कोसिकालाई स्वस्थ राख्नका लागि र त्यसमा रक्त प्रवाहलाई थप उत्कृष्ट बनाउनका लागि कालो चिया पिउनु निकै उपयोगी छ । दिनमा लगभग ४ कप कालो चियाको सेवनले तनावलाई कम गर्छ सहयोग गर्छ । यसले दिमागलाई तीब्र पारेर स्मरण शक्ति बढाउँछ र तपाईं पहिलेभन्दा थप सतर्क र सक्रिय हुनुहुन्छ ।

    ४. पाचनः
    कालो चियामा भएको टेनिन पाचन क्रियाका लागि निकै फाइदाजनक हुन्छ । यसका साथै ग्यासबाहेक पाचन सम्बन्धि अन्य समस्यामा पनि निकै फाइदाजनक हुन्छ ।

    ५. ऊर्जाः
    दैनिक कालो चिया पिउनुको एउटा उत्कृष्ट फाइदा भनेको यो पिउँदा तपाईं अत्यधिक ऊर्जाशील महसुस गर्नुहुनेछ र तपाईं सक्रिय पनि रहनुहुनेछ । कालो चियामा भएको क्याफिन अत्यधिक फाइदाजनक हुन्छ र तपाईंको मस्तिष्कलाई पनि सतर्क राख्छ जसले तपाईंको शरीरमा ऊर्जाको सञ्चार निरन्तर हुने गर्छ ।

    ६.कोलेस्ट्रोलः
    यसले तपाईंको शरीरमा कोलेस्ट्रोलको स्तरलाई कम गर्छ जसले तपाईंको तौल क्रमशः कम हुन थाल्छ । यसले शरीरमा मेटाबोलिक प्रक्रियालाई बढाउन सहयोगी भूमिका निर्वाह गर्छ जसले तौल कम गर्न मद्दत गर्छ ।

    ७. छालाः
    कालो चिया पिउनु तपाईंको छालाको समस्या, विशेष रुपको संक्रमणबाट जोगाउन मद्दत गर्छ । यसबाहेक यसले चाउरीपनाबाट पनि तपाईंको छालालाई जोगाउने गर्छ र यसमा भएको एन्टिअक्सिडेन्ट तत्वले छालाको क्यान्सरबाट पनि जोगाउन सहयोग गर्छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...