News Portal

  • बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया भक्तपुरमा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २३ माघ २०८१
    १६५० पटक
    भक्तपुर, २३ माघ २०८१

    बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया भक्तपुर आइपुगेकी छन् । बुधबार बिहान उनी भक्तपुर आइपुगेकी हुन् ।

    राजकुमार एडवार्ड र श्रीमती सोफिया छुट्टाछुट्टै कार्यक्रमका लागि नेपालमा छन् । श्रीमती सोफियाले भक्तपुर अस्पताल अवलोकनको इच्छा गरेकाले उनी बुधबार बिहान भक्तपुर आइपुगेकी भक्तपुर अस्पतालका निमित्त निर्देशक डा सुरेन्द्र भट्टले बताएका छन् । श्रीमती सोफियालाई अस्पतालको प्रशुती बिभाग अवलोकन गराइएको उनले बताए ।

    भक्तपुर अस्पतालको नयाँ भवन बेलायती सरकारको सहयोगमा निर्माण भएकोले अस्पताल बेलायती राजपरिवारको चासोमा परेको निमित्त निर्देशक भट्टको भनाइ छ । नेपालस्थित बेलायती राजदुतावासले भ्रमणको ब्यवस्था मिलाएको उनले बताए ।

    श्रीमती सोफिया महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्न रुचाउँछिन् । भक्तपुर अस्पतालमै उनको बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा र सचिव डा सुमित्रा गौतमसंग भेटवार्ता भएको छ । मन्त्री थापा र सचिव डा गौतमले भक्तपुर अस्पताल लगायत प्रदेशका अस्पतालले पुर्याइरहेको स्वास्थ्य सेवाबारे श्रीमती सोफियालाई जानकारी गराएका छन् ।

    भक्तपुर अस्पतालको अवलोकन पछि श्रीमती सोफिया भक्तपुर दरवार क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ । राजकुमार एडवार्डको  ब्यक्तिगत पारिवारिक भ्रमण भएकोले नगरपालिकाको तर्फबाट भने औपचारिक कार्यक्रम नराखिएको पर्यटन बिभाग प्रमुख गौतम लासिवाले जानकारी गराएका छन् ।

    संस्कृतिविद रविन्द्र पुरीले राजकुमार एडवार्ड, श्रीमती सोफिया र उनको टोलीलाई लन्चको ब्यवस्था मिलाएका छन् । संयुक्त अधिराज्य बेलायतको राजपरिवारकको प्रभावशाली सदस्य राजकुमार एड्वार्ड र श्रीमती सोफियाको भ्रमणबाट भक्तपुरले लाभ लिन सक्ने बिश्वास गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...