News Portal

  • खुल्लामञ्चमा खाना खुवाउन नदिने निर्णयपछि मेयर शाक्यकाे यस्ताे स्पष्टिकरण

    काठमाडौंलाई मागेर खानेहरुको सहर बनाउनु भएन : मेयर शाक्य

    बुद्धशरण शाही/ भक्तपुरपोस्ट काठमाडौं, १८ कात्तिक
    १०६२ पटक
    काठमाडौं, १८ कात्तिक

    काठमाडौं महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्यले खुल्लामञ्च रत्नपार्कमा गत केही समयदेखि सामाजिक अभियन्ता, बिभिन्न दाता, संघ संस्थाले दीनदुःखी असहाय, रोजगार गुमेकाहरुलाई व्यवस्थित ढंगले खाना खुवाएमा कुनै आपत्ति नहुने बताएका छन् ।

    अव्यवस्थित रुपमा खाना खुवाएर संक्रामक रोगलाई अझ फैलाएको भन्दै खुल्लामञ्चमा निःशुल्क खाना खुवाउने अभियानमा महानगरपालिकाले रोक लगाएको थियो। महानगरको यो कदमप्रति चौतर्फी आलोचना भएको थियो । व्यापक आलोचना भएपछि मेयर शाक्यले यो कदमलाई सकारात्मक रुपमा बुझिदिन आग्रह पनि गरेका छन् । उनले यो कार्यलाई व्यवस्थित गराउन आफूहरूले गरेको अनुरोधलाई उल्टो अर्थमा बुझिएको पनि बताएका छन् ।

    ‘महानगरपालिकाले निःशुल्क खाना खुवाउन दिएन’ भनी हल्ला गरिएको भन्दै मेयर शाक्यले त्यसप्रति आपत्ती जनाए ।

    उनले भने, ‘यसरी फोहोर र खुल्ला ठाउँमा राखेर भात खुवाउनु कुनै हिसाबले राम्रो होइन । खुवाउने भए आफ्नै निजी ठाउँ वा पार्टी प्यालेसमा राखेर खुवाउने व्यवस्था गर्नू भन्ने मात्रै महानगरपालिकाको आग्रह हो । खुवाउनै पाइँदैन हामीले भनेका छैनौ ।’

    काठमाडौं महानगरलाई सडक मानवमुक्त शहर बनाउने भनी एक वर्ष अगाडि नै घोषणा गरिएको स्मरण गर्दै मेयर शाक्यले भने, ‘खान नपाएका कोही छन् भने उनीहरूलाई मानव सेवा आश्रममा राखेर खुवाउने जिम्मा नै महानगरपालिकाले लिइसकेको छ । त्यसैले आवश्यक परे अझै पनि खुवाउन हामी तयार छौँ । तर, काठमाडौंलाई मागेर खानेहरूको शहर चाहिँ बनाउनु भएन ।’

    रत्नपार्कमा लहरै बसेर खानेहरूको फोटो सामाजिक सञ्जालमा राखेर प्रचार गरिएकोमा पनि मेयर शाक्यले आपत्ति प्रकट गरे । यसले खाना खाने नागरिकको आत्मसम्मानमा ठेस पु¥याउने मेयर शाक्यको भनाई छ ।

    मेयर शाक्यले भने, ‘यो त खाना खानेहरूकै आत्मसम्मानमा ठेस पु¥याउने काम भयो । निःशुल्क खाने मानिसहरूको फोटो सामाजिक सञ्जालमा राखेर आयोजकले के व्यापार गरिरहेका छन् । त्यो त मलाई थाहा भएन तर यसले खाना खाने नागरिकको आत्मसम्मानमा घाउ पार्ने काम भने भएको छ ।’

    कोरोना महामारी रोकथामका लागि सरकारले तीन महिने लकडाउन गर्दा त्यसबाट पीडित हुन पुगेका गरिब, निम्न आय भएकाहरूलाई काठमाडौं महानगरपालिकाले राहत वितरण गर्नुका साथै विभिन्न स्थानमा सार्वजनिक रूपले खाना खुवाउने व्यवस्था समेत गरेको मेयर शाक्यले बताए । अहिले रत्नपार्कमा दैनिक खाना खुवाउने कार्यले बाहिरबाट मानिसहरू आउन अझ प्रोत्साहित गर्ने र राति सडकमा सुत्नेहरूको संख्या वृद्धि गर्ने चिन्ता स्थानीय जनतामा व्याप्त भएको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...