News Portal

  • किन भयाे गाँजा खेतीमा प्रतिबन्ध !

    सरु श्रेष्ठ
    १०३५ पटक

    नेपाल एक उर्वरभूमि भएकाे राष्ट्र हो । भौगोलिक बनावट अनुसार हावा पानी र माटो फरक भए सँगै भिन्न भिन्न किसिमका वस्तुहरु उत्पादन हुने गर्दछ । नेपालमा रहेको उर्वरभूमिलाई चिन्न सक्ने हो भने मुलुक यो समयमा आईपुग्दा सम्म गरिबीको रेखामुनी कमै मात्र नागरिक हुन्थे होला ।

    तर, बिडम्वनाको कुरो त यो छ की आफ्नो देशमा उब्जाउ हुने बालीलाई अरु मुलुकले लागुऔषधको रुपमा प्रतिबन्ध लगाउँदा सहमती जनाउँदै हस्ताक्षर गर्न पुग्छन् । नेपालमा धेरै प्रकारका बस्तुहरु उत्पादन हुने उर्वरभूमिहरु छन् । जसको उपयोग आज सम्म राम्रो सँग हुन सकेको छैन । नेपालको उच्च हिमाली क्षेत्रमा उत्पादन हुने गाँजा खेती ०३३ सालमा संयुक्त राष्ट्रसंघको लहडमा लागेर गाँजा खेतीमाथि प्रतिवन्ध लगाइएको छ ।

    संयुक्त राष्ट्रसंघले सन् १९६१ मा ‘द सिंगल कन्भेन्शन अन नाकोर्टिक ड्रग्स १९६१’ पारित गरे सँगै उक्त अभिसन्धिले गाँजालाई लागूऔषध मानिएको छ । त्यस पश्चात नेपालले उक्त अभिसन्धिमा हस्ताक्षर गरेर सन् १९७६ (२०३३) मा लागुऔषध नियन्त्रण सम्बन्धी कानून बनाएको थियो ।

    २०३३, पछि लागूऔषध नियन्त्रण नीति, २०६६ र लागूऔषध नियन्त्रण रणनीति, २०६८ पनि बनेर कार्यान्वयनमा छ । यि सबैले नेपालमा गाँजा खेतीलाई अवैध भनेको छ । यि कानून र नीति, राणनीतिअनुसार कसैले पनि गाँजा, चरेस र अफिम खेती कसैले लगाएको खण्डमा जरिवाना बेहोर्नुपर्ने हुन्छ । सरकारी निकायबाट अभियान नै चलाएर गाँजा खेती नष्ट गर्ने कार्य हुँदै आएपछि गाँजा उत्पादन क्षेत्रको उर्वरभूमि खेर गैरहेको छ । गाँजा उत्पादन हुने क्षेत्रमा अरु खाद्यवस्तुको उत्पादन राम्रो हुदैँन ।

    लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार गाँजा सेवन गर्नेलाई एक महिनासम्म कैद वा दुई हजारसम्म जरिवाना हुने प्रावधान छ । यदि सरकारले गाँजा उत्पादनमा फुकुवा र मन लाग्दी प्रयोग गर्नेलाई कडा सजाएको भागीदार बनाउने हो भने गाँजा उत्पादनबाट उत्पादनकर्ता र मुलुक दुबै आर्थिक अवस्थाबाट केहि कदम माथि उठ्न सकिन्छ । नेपालमा अवैध भनिएको गाँजालाई वैधखानाले चर्को मूल्य तिरेर विदेशबाट आयात गरिएको हामी बेला बेलामा सुन्ने गर्छौ । तर विदेशबाट गाँजा किन्नु भन्दा नेपालमै वैधानिक रुपमा उत्पादन गरेर औषधिको रुपमा प्रयोग गर्दा देशको अर्थतन्त्रमा थप सहयोग पुग्छ ।

    ‘विकशित मुलुकले वैधानिक ढंगबाट गाँजालाई प्रयोग र वेचविखन गरि आम्दानी गरिरहेका अवस्था छ । जसकारण पनि नेपालले अब वैधानिक ढंगले गाँजा फुकुवा गर्न आवश्यक छ । हाल विश्वका विकसित मुलुकहरुमा पर्ने क्यानडा, अष्ट्रेलियालगायत देशले औषधि उत्पादनका लागि गाँजा खेतीको अनुमति लिइसकेका छन्। भने छिमेकी राष्ट्र भारतमा पतञ्जलि आयुर्वेदले गाँजाबाट औषधि बनाउन थालिसकेको छ ।

    यति सम्मको जानकारी नेपाललाई थाहा हुँदा पनि गाँजा उत्पादनको विषयमा मौन रहन्छ भने कृषि र जडीबुटी प्रशोधनमा मुलुक अघि बढ्न सक्दैन । गाँजाको मिश्रणबाट अथाह औषधी बनाउन सकिन्छ जसकारण हामीले गाँजा विदेशी बजारमा पनि बेच्न सक्छौँ । जस्ले विदेशी मुद्रा आर्जन गर्न, किसानको आम्दानी बृद्धि सहयोग गर्छ । अहिले सम्म नेपालले प्राय देशहरुसँग व्यापार घाटा व्यहोर्दै आईरहेको छ ।

    कृषिमा प्रविधि र जडीबुटी उत्पादनमा सरकारले नजर लगाउने हो भने व्यापार घाटामा कहीहत सम्म कम गर्न सकिन्छ । अहिले गाँजाको विषयले प्रतिनिधिबैठकमा समेत ठाउँ पाएको छ । केही सांसदहरुले गाँजा उत्पादनमा खुला गर्नुपर्ने आवाज उठाएका छन् । देश र नागरिक दुबैको हितमा प्रचलित कानूनले प्रतिबन्धित लागूऔषधको सूचीमा राखेको गाँजा खेतीलाई प्रोत्साहन साथ फुकुवा गर्न आवश्यक देखिन्छ ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...