News Portal

  • कम्युनिस्ट सरकार ५ वर्ष चल्छ, रोग र भोकले कोही मर्दैनः मुख्यमन्त्री भट्ट

    रासस
    ११३१ पटक

    डोटी, १५ मंसिर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नागरिकलाई घरघरमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन प्रदेश सरकार प्रतिवद्ध रहेको जानकारी दिएका छन् ।

    दिपायलसिलगढी नगरपालिका–५ बागफाँटामा निर्माण गरिन लागिएको ५० शय्याको सरुवा रोग अस्पतालको सोमवार शिलान्यास गर्दै उनले उपचारको अभावमा नागरिकले अकालबाट ज्यान गुमाउनु नपर्ने बताए ।

    उनले भने, ‘रोग र भोकले नागरिकको ज्यान जान दिने छैनौं, स्वास्थ्य सेवाको पहुँच घरघरमा पुर्‍याउँछौं ।’

    ५० शय्याको अस्पतालले नागरिकले कम खर्चमा गुणस्तरीय स्वास्थ्य सेवा पाउनेमा आफू आशावादी रहेको मुख्यमन्त्री भट्टले बताए । ‘अस्पताल निर्माणमा सबैले सहयोग गरौं, सबै नागरिकले नजिक सेवा पाउनेछन्, योभन्दा ठूलो खुशीको कुरो के नै छ र ?’ उनले भने, ‘विकास भन्ने कुरो क्रमिक रूपमा हुने हो, ढिलो भयो भनेर आत्तिनु पर्दैन ।’

    विक्रम संवत् २०३९ सालमा क्षेत्रीय अस्पतालका लागि जग्गा अधिग्रहण गरिएको ठाउँमा अस्पताल शिलान्यास गरिएको हो ।

    उनले भने, ‘कम्युनिस्ट सरकार ५ वर्ष चल्छ, यो चोइटिने, फुट्ने भन्ने कुनै सम्भावना छैन, कसैले फुटाउने सपना देखेको भए त्यो दिवा सपना मात्रै हो ।’

    अस्पताल शिलान्यास भएपछि स्थानीय निकै खुशी भएका छन् । जिल्लाका अन्य स्थानीय तहमा १०/१० शय्याका ८ वटा अस्पताल एकैसाथ शिलान्यास गरिएका छन् । शिखर नगरपालिकामा नगर प्रमुख सीताराम जोशी, बोगटान फुड्सिल गाउँपालिकामा अध्यक्ष कमलबहादुर गड्सिला, जोरायल गाउँपालिकामा अध्यक्ष दुर्गादत्त ओझा, पूर्वीचौंकी गााउँपालिकामा अध्यक्ष दीर्घराज बोगटी, बडीकेदार गाउँपालिकामा अध्यक्ष कृष्णबहादुर चन्द, सायल गाउँपालिकामा अध्यक्ष तेजबहादुर डुम्रेल तथा केआईसिंह गाउँपालिकामा अध्यक्ष लोकेन्द्रबहादुर शाहीले ती अस्पतालको एकसाथ शिलान्यास गरेका छन् ।

    सरकारले देशभरका ३९६ अस्पतालको एकैसाथ उद्घाटनको तयारी गरेसँगै जिल्लामा पनि ८ अस्पताल एकैसाथ उद्घाटन गरिएका हुन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...