News Portal

  • रहेनन् स्वनाम साथी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १० पुस
    १२०१ पटक
    भक्तपुर, १० पुस

    वरिष्ठ वामपन्थी विचारक शशी शेरचन अर्थात स्वनाम साथीको निधन भएको छ । शुक्रबार राती मोडल अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

    निमोनियाको उपचारका लागि मोडेल अस्पतालमा भर्ना भएका उनको राती करिब ९ बजे निधन भएको पारिवारिक श्रोतले पुष्टि गरेको छ । लामो समयदेखि मृगौला रोगबाट पीडित स्वनाम साथीलाई कोभिड १९ संक्रमण पुष्टि भएता पनि उनको रिपोर्ट नेगेटिभ आइसकेको थियो ।

    स्वनाम साथी नेपाली वामपन्थी आन्दोलनमा एक आदर्शवादी विचारक एवं अगुवा अभियन्ता मानिन्छन् । ७० वर्षीय स्वनाम साथी पत्नी किरण गौतमसंग बस्दै आएका थिए । उनका कुनै सन्तान भने छैनन् । पंचायत व्यवस्था विरुद्ध खगेन्द्र संग्रौलासँग मिलेर सर्वहारा कम्युनिस्ट लिगको संस्थापक नेता भएका स्वनाम साथी पछि रूपलाल विश्वकर्माको मजदुर किसान संगठनसँग मिसिएका थिए । त्यसपछि नेकपा एकता केन्द्र मसाल हुँदै उनी माओवादी आन्दोलनमा सहभागी भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...