News Portal

  • महेश बस्नेतले बाेली फेरे

    ८३५ पटक

    सुर्खेत, १३ पुस । प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली नेतृत्वको नेकपाका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले क्रान्तिको नाममा प्रचण्डले धेरै अपराध गरेको बताएका छन् । सुर्खेत पुगेका नेता बस्नेतले सोमबार उक्त कुरा बताएका हुन् ।

    राष्ट्रिय युवा सङ्घ कर्णाली प्रदेशले सोमबार सुर्खेतमा आयोजना गरेको युवा भेलालाई सम्बोधन गदै उनले क्रान्तिको नाममा अपराध गर्नेलाई नछाडिने चेतावनी समेत दिएका छन् । एकीकृत रहदाँ प्रचण्डलाइ महान नेता भन्दै भक्तपुरमा बाेलाएर तरफदारी गर्ने बस्नेतले यतिबेला भने नेपालमा प्रचण्डको नेतृत्वमा विभिन्न अपराध भएको जिकिर गरेका हुन् ।

    उनले प्रचण्डले झलनाथ खनाललाई राष्ट्रपति र माधवकुमार नेपाललाई अध्यक्ष पदको लोभ देखाएर फसाएको पनि बताए ।

    नेकपा अाेलीका नेता बस्नेतले आफूहरुलाई कमजोर नठान्न चेतावनी दिंदै पेरिस डाँडासमेत कब्जा गर्ने उद्घोष गरे । यस अघि पेरिस डाँडास्थित कार्यालयमा आगो लगाउने अभिव्यक्ति दिएर छवी बिगारेका बस्नेतले सोमबार भने उक्त बोली सच्याउदै पेरिस डाँडास्थित कार्यालय कब्जा गर्ने बताएका हुन् ।

    ओलीले अर्कै संगठन बनाइसक्दा समेत वस्नेतले नेकपा अझै नफुटेको जिकिर गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...