News Portal

  • भायाेनेटका ग्राहकहरुको स्क्रिप्ट सार्वजनिक गरेको अभियोगमा पक्राउ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ पुस
    १२६८ पटक
    भक्तपुर, २७ पुस

    इन्टरनेट सेवा प्रदायक भायाेनेट कम्युनिकेसन प्राइभेट लिमिटेडको विद्युतीय संयन्त्रमा अनाधिकृत पहुँच राखेको अभियोगमा एक किसोर पक्राउ परेका छन् । रुपन्देही तिलोत्तमा नगरपालिका-१ बस्ने करिब १८ वर्षीय किसाेरलाई प्रहरीले पक्राउ गरेको हो ।

    ग्राहकहरुको तथ्याङकमा अनाधिकृत रुपमा पहुँच पुर्‍याई फेसबुक, इन्स्ट्राग्राम, ट्वीटर लगायतका सामाजिक संजालमा स्क्रिप्ट सार्वजनिक गरेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देही र ईलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा ती किशोरलाई बुटवलबाट पक्राउ गरेको बताइएको छ । प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन ।

    ती किसाेरले उक्त प्राइभेट लिमिटेडको विद्युतीय संयन्त्रमा अनाधिकृत रुपमा पहुँच राखी डाटा व्रिच गरी ‘नरपिचास’ नामको ट्वीटर ह्याण्डल लगायतका सामाजिक संजालको माध्यमबाट स्क्रिप्ट सार्वजनिक गरी विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार ऐन बमोजिम कसूर गरेको खुल्न आएको र उनी उपर थप अनुसन्धान भइरहेको साइबर व्यूरोले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...