News Portal

  • घर पुर्‍याई दिने भनी मोटरसाइकलमा राखी अपहरण तथा बलात्कार गरेकाे अभियाेगमा पक्राउ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १२ माघ
    ८५५ पटक
    भक्तपुर, १२ माघ

    महानगरीय अपराध महाशाखाले घर पुर्‍याई दिने भनी मोटरसाइकलमा राखी अपहरण तथा बलात्कार गरेर फरार अभियुक्तलाइ पक्राउ गरेको जनाएको छ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गा.पा.-४ गुन्टे गाउ का २४ वर्ष कैलाश भन्ने रोहन नेपाली रहेका छन् । एक महिलालाई चौतारा घर पुर्‍याई दिने भनी मोटरसाइकलमा राखी लिएर गएकोमा घर तर्फ नलगी अपहरण तथा शरीर बन्धक गरी सिन्धुपाल्चोक जुगल गा.पा.-४ स्थित मान्जे भन्ने ठाँउमा लगी जवर्जस्ती करणी गरेको प्रहरी अनुसन्धानमा खुलेको बताइएको छ ।

    सिन्धुपाल्चोक जुगल गा.पा.-४ गुन्टे गाउ का २४ वर्ष कैलाश भन्ने रोहन नेपाली र साथमा अन्य सँग मिलेर जबरजस्ती करणी गरी महिलाले लगाएको गरगहना समेत लुटपाट एवं डाँका समेत गरेको प्रहरीले गरेको अनुसन्धानले खुलेको अपराध महाशाखाले जनाएको हो ।

    घटना पछि फरार रहदै आएका नेपालीलाई काठमाण्डौको कलंकीबाट पक्राउ गरी आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाईएको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...