काठमाडौंमै वर्डफ्लु फेला परेको छ । काठमाडौँको तारकेश्वर नगरपालिकामा बर्डफ्लु फेला परेको हाे ।
तारकेश्वर नगरपालिका–७ स्थित साङ्लेखाला, फटुङका स्थानीय किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पाइएकाे नगरपालिका पशु शाखाले पुष्टि गरेकाे छ । बर्डफ्लु पुष्टि भएपछि १ हजार ८ सय ६५ हाँस, ६ सय २२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको तारकेश्वर नगरपालिका पशु शाखा प्रमुख धनपत रायले बताए।
बर्डफ्लु पुष्टि भएकाे फार्मलाई शिल गरिएको बताइएकाे छ। बर्डफ्लुकाे संभावित संक्रमण लाइ हेरेर पशु सेवा विभाग, तारकेश्वर नगरपालिकाले अन्य पोल्ट्रीफार्ममा पनि परिक्षणकाका लागि पठाइसकिएको र आवश्यक सतर्कता अपनाइएकाे नगरपालिकाले जनाएकाे छ ।