News Portal

  • ८०० वर्ष पुरानो भाजु पोखरीको मध्यभागमा अवस्थित जलेश्वर मन्दिर शिलान्यास

    भक्तपुरपोस्ट संवाददाता
    १२५४ पटक

    भक्तपुर, २२ माघ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज (बिहीबार) भाजु पोखरीको मध्यभागमा अवस्थित जलेश्वर मन्दिरको शिलान्यस गरेका छन् ।

    भक्तपुर नपा वडा नं. १ दुधपाटीस्थित सो मन्दिरको शिलान्यासमा प्रमुख प्रजापतिले नगरपालिकाकाले गरिरहेको सम्पदा संरक्षण कार्यले भक्तपुरको आन्तरिक र बाह्य पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । साथै मूर्त अमूर्त सम्पदा संरक्षण नै भक्तपुर नपाले हासिल गरेको विशेषत भएको बताउदैं ऐतिहासिक र सांस्कृतिक हिसाबले पनि भाज्या पोखरी गौरवको योजना भएको बताए । यो मन्दिर भक्तपुरकै गहनाको रुपमा रहने जोड दिदैं उनले साँस्कृतिक महत्व बोकेको काठमाडाँैको रानी पोखरी पुनःनिर्माणमा भक्तपुरका जनताको योगदान रहेको बताए ।

    प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले भाज्यापोखरीको अध्ययन अनुसन्धान गर्ने मौका पाएकोमा गौरवान्वित महसुसु भएको बताए । उनले भाज्या पोखरीको अध्ययन–अनुसन्धानकै क्रममा पोखरीको मध्यभागमा पश्चिमाभिमुख शिखर शैलीको मन्दिर भएको थाहा हुन आउने बताए । उनले भक्तपुर नपाले भाज्या पोखरीको जीर्णोद्धार एवम् मन्दिरको पुनःनिर्माण मौलिक शैली र स्वरुपमा गरिरहनु सुन्दर पक्ष रहेको बताए ।

    कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले जलेश्वर मन्दिर र भाज्या पोखरी पुनःनिर्माण कार्यमा स्थानीय जनताको साथ र सहयोग रहँदै जाने विश्वास व्यक्त गरे । कार्यक्रममा जलेश्वर मन्दिर पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण खत्री, समितिका कोषाध्यक्ष कृष्णप्रसाद दुमरु र रामगोपाल बमनूले पनि बोलेका थिए ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...