News Portal

  • विशाल जनसागरलाई सम्बोधन गर्दे प्रचण्डले भने- ‘जनता नै हाम्रा भगवान’

    भक्तपुरपोस्ट संवाददाता
    ४९७ पटक

    काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफूहरुका लागि जनता नै भगवान भएको बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा बुधबार आयोजित विरोधसभामा सम्बोधन गर्दै दाहालले प्रधानमन्त्री केपी ओली भगवानको शरणमा गए पनि आफूहरुका लागि जनता नै भगवान् भएको दाबी गरे । तर, ओली अझै पनि सच्चिने भन्दा मुर्खता गर्ने पक्षमा रहेको दाहालको भनाइ छ ।

    ‘केपीजी तपाईं भ्रममा कतिदिन बाँच्‍ने हो ? तपाईंलाई म सल्लाह दिन चाहन्छु । तपाईंले साह्रै ठूलो अपराध गर्नुभयो । राष्ट्रका विरुद्ध, जनताका विरुद्ध । तपाईंले अलिकति आफूलाई ठाउँ राख्ने हो तुरुन्तै राजीनामा दिनुस्, पश्चाताप गरेर वक्तव्य निकाल्नुस्,’ उनले भने, ‘तपाईंलाई अलिकति ठाउँ नेपाली जनताले दिन सक्छन् । तपाईं अझै मूर्खता गर्नेमा हुनुहुन्छ । तपाईं अझै निरंकुशतातिर जानेमा हुनुहुन्छ । तपाईं आजकल जनताको शरणमा भन्दा भगवानको शरणमा जानु भएको छ ।’

    जनता नै भगवान् भएको भन्दै दाहालले जनताको धार्मिक आस्थाप्रति आफूहरुको पनि सम्मान रहेको बताए । ‘नेपाली जनता हाम्रा भगवान हुन् । हामी तपाईंहरु जनताको शरणमा छौं । जनताको धार्मिक आस्थाप्रति हाम्रो सम्मान छ । सबै धर्म, सम्प्रदाय र त्यसमा आस्था राख्ने जनताप्रति हाम्रो सम्मान छ,’ दाहालले भने ।

    ‘केपी ओलीले नहुने चुनाव घोषणा गरेको भन्दै दाहालले भ्रममा नपर्न अन्य दललाई पनि आग्रह गरे । केपी ओलीले घोषणा गरेको चुनाव हुनेवाला होइन । कोही भ्रममा नपरौं,’ उनले भने, ‘लोकतान्त्रिक आन्दोलनको छवि बनाएको नेपाली कांग्रेस, संघीय लोकतान्त्रिक गणतन्त्रको छवि बनाएको जनता समाजवादी लगायतका पार्टीहरु कुनै भ्रममा पर्न आवश्यक छैन ।’

    लोकतन्त्र र संघीय गणतन्त्र खतरामा छैन भन्ने पुष्टि गर्न अहिले कांग्रेसलाई अवसर भएको दाहालले बताए । ‘देशमा लोकतन्त्र अब खतरामा छैन भन्ने पुष्टि गर्ने अवसर कांग्रेसलाई हो । कांग्रेसका कार्यकर्तालाई म अपील गर्न चाहन्छु । यो अवसर गुम्न नदिनुस् । हामी तपाईंहरुसँग हातेमालो गर्न तयार छौं,’ दाहालले भने ।

    नेपालमा लोकतन्त्रको हत्या हुन लाग्दा लोकतन्त्रको पक्षमा रहेका अन्तर्राष्ट्रियस्तरबाट पनि समर्थन चाहेको दाहालले बताए । ‘सबै अन्तर्राष्ट्रिय देशहरु खासगरी छिमेकी देश जो लोकतन्त्रको पक्षमा छन् । नेपालमा लोकतन्त्रको हत्या भइराखेको छ,’ उनले भने, ‘यो बेला संसारभरका लोकतान्त्रिक मूल्य मान्यतालाई समर्थन गर्नेहरुबाट सहयोग र सद्भाव चाहेका छौं । दायाँबायाँ हुने छैन भन्ने भरोसामा छौं ।’

    संवैधानिक निकायहरुले डर धाक धम्की नहेरुन्, स्वतन्त्र ढंगले काम गरुन भन्ने चाहेको उनले बताए । प्रचण्डले प्रधानमन्त्री ओलीलाई पनि अर्को पटक फेरि १० लाख जनता लिएर बालुवाटार र सिंहरदबार घेर्न आउन नपरोस् भनेर चेतावनी दिएका छन् ।

    आफूले बोल्दा अदालतको अवहेलना भएको पनि भन्ने गरेको भन्दै प्रचण्डले भने, ‘मैले कहिल्यै अपमान गरेको छैन । अदालतप्रति भरोसा छ, छिटो गरिदेऊ भनेको छु । गर्ने त्यही हो, छिटो गर । निर्वाचन आयोग खुट्टा नकामाऊ, काइते कुराको पछि नलाग ।’

     

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...