News Portal

  • एउटै मञ्चबाट प्रचण्डकाे उद्घाेष – ‘बाबुराम भट्टराई र मलाई इतिहासले अलग हुन दिँदैन’

    भक्तपुरपोस्ट संवाददाता काठमाडाैं, १ फागुन २०७७
    ६३७ पटक
    काठमाडाैं, १ फागुन २०७७

    जनयुद्ध दिवसले जनयुद्धका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र डा बाबुराम भट्टराईलाई एकैठाउँ ल्याइदिएको छ । जनयुद्ध दिवसको अवसर पारेर शनिवार काठमाडौंमा आयोजित ‘गुमनाम आमाहरुको कथा’ पुस्तक विमोचन समारोहमा उनीहरु एकसाथ देखिएका हुन् ।

    जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईको पुस्तक ‘गुमनाम आमाहरुको कथा’ बिमोचन कार्यक्रमले लामो समयपछि पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईलाई एउटै मञ्चमा भेट गराएको हो । सो पुस्तक विमोचन समारोहमा प्रचण्ड एक वक्ता रहेका थिए ।

    प्रचण्डसहित सो समारोहमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपा वरिष्ठ नेता अशोक राईलगायतको समेत उपस्थिति थियो ।

    समारोहमा प्रचण्डले बाबुरामसँग एउटै पार्टीमा नरहे पनि राजनीतिक मुद्दा र एजेण्डामा आफूहरू एकै ठाउँमा रहेको बताएका छन् ।

    प्रचण्डले भने, ‘हामीलाई इतिहासले अलग हुन दिँदैन । ती हजारौं सहिदले हामीलाई अलग हुन दिँदैनन् ।’ चुम्बकले खिचेजस्तै आफूहरुलाई एक अर्कालाई आपसमा खिचिरहने उनको भनाई छ । उनले बाबुरामसँग २५ वर्ष लामो सहयात्रा रहेको बताउदै समयले फेरि सहकार्यको आवश्यकता औल्याएका छन् ।

    लामो बलिदानीपछि प्राप्त उपलब्धिमाथि हमला भएको भन्दै उनले प्रधानमन्त्री केपी ओलीको प्रतिक्रान्ति बिरुद्ध अब सबै एक भएर लाग्नुको बिकल्प नभएको बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...