News Portal

  • नेपाल पत्रकार महासंघ भक्तपुरका सस्थापक सभापति खड्का सम्मानित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३ फागुन
    ११८१ पटक
    भक्तपुर, ३ फागुन

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश कमिटीको साधारण सभा सम्पन्न भएको छ । काठमाडौंमा शनिवार सम्पन्न साधारण सभामा उपत्यकाको तीन जिल्लाका सस्थापक सभापतिहरु सम्मानित समेत भएका छन् ।

    नेपाल पत्रकार महासंघ भक्तपुरका सस्थापक सभापति रमेश खड्का सहित काठमाडौंका सस्थापक सभापति किशोर नेपाल र ललितपुरका परशुराम बस्नेत सम्मानित भएका हुन् । त्यसैगरी उक्त अवसरमा २ वर्ष अघि सवारी दुर्घटनामा दिवंगत भएका काठमाडौंका पत्रकार गोविन्द घिमिरेको सन्ततीको शिक्षाका लागि आर्थिक सहयोग गरिनुका साथै कोरोना बीमावापतको रकम पत्रकारहरुलाई हस्तान्तरण गरिएको थियो ।

    राजनीतिक व्यक्तिलाई नभई पत्रकारिताकै विशिष्ट योगदान गरेका व्यक्तिहरुको आतिथ्यतामा सम्पन्न साधारण सभामा अग्रजहरुलाई सम्मान गर्ने परम्पराको थालनी र पत्रकारलाई केन्द्रमा राखेर गरिएको कार्यक्रमका कारण सभापति एनके दाहाल र उनको कार्यसमितिको सहभागीहरुले प्रसंशा गरेका थिए ।

    साधारण सभामा प्रस्तुत भएका सबै प्रकारका प्रतिवेदनहरु बहुमतले पारित भएका उपत्यका प्रदेश कमिटी सदस्य एवं भक्तपुर अध्यक्ष पुष्करराज बुढाथोकीले बताए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...