News Portal

  • पत्रकार महासंघ भक्तपुर शाखा सम्मानित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ५ फागुन
    ३१४२ पटक
    भक्तपुर, ५ फागुन

    नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनको अवसरमा भक्तपुर शाखा सम्मानित भएको छ । राजधानीमा भएको २६ औँ महाधिवेशनको अवसरमा बुधवार भक्तपुर शाखा सम्मानित भएको हो ।

    उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले भक्तपुर शाखाका अध्यक्ष पुस्करराज बुढाथोकीलाई सम्मान–पत्र प्रदान गरेका हुन् ।

    प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षा, श्रमजीवी पत्रकारको हित र संस्थागत बिकासमा योगदान गरे वापत पत्रकार महासंघको भक्तपुर जिल्ला शाखालाई केन्द्रिय समितिले सम्मान गरेको हो । सम्मान पत्र हात परेपछि अध्यक्ष बुढाथोकीले यसको श्रेय आफ्नो कार्यसमिति र जिल्लाका सबै पत्रकारहरुलाई जाने बताउदै सहयोगका लागि आभार प्रकट गरेका छन् ।

    उक्त अवसरमा पत्रकार रामहरि कार्की, भगवती थापा लगायत ३५ जना पत्रकारहरु कोरोना संक्रमणको बखत जाेखिम माेलेर फिल्ड रिपोर्टिंग गरेवापत विपद पत्रकारिता पुरस्कार–२०७७ बाट सम्मानित भएका थिए । नेपाल पत्रकार महासंघ र एनआरएनए अष्ट्रेलियाको सहकार्यमा उनीहरुलाई नगद रु १० हजार सहित सम्मान पत्र प्रदान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको...

    बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल...

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...