News Portal

  • प्रचण्ड-ओलीहरु स्तब्ध : सर्वोच्चले कट्टेललाई दियो नेकपाको आधिकारिकता

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २३ फागुन
    ८६१ पटक
    भक्तपुर, २३ फागुन

    नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को नाम सम्वन्धी बिबादमा सर्वोच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ । प्रचण्ड र केपी ओली लाई चकित पार्दै सर्वोच्चले कट्टेलको पक्षमा फैसला सुनाएको हो ।

    नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष कट्टेलले दुई वर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको दललाई दिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

    नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता भएको थियो । कोष्ठभित्रको नेकपाको अर्को अर्थ नभएकोले उक्त पार्टी अवैधानिक भएको कट्टेलले जिकिर  गरेका थिए ।

    न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाउदै नेपाल कम्युनिस्ट पार्टीमा अरुको दावी नपुग्ने फैसला सुनाएको हो ।

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...