News Portal

  • अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु : सूर्यविनायक पहिलो दिनमै हार व्यहोर्न बाध्य

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २९ फागुन २०७७
    ७९८ पटक
    भक्तपुर, २९ फागुन २०७७

    भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालित अन्तर नगर बुद्धिचाल प्रतियोगिताको उद्घाटन संगै शनिवार केहि खेलहरु शुरु भएका छन् । पहिलो दिन भक्तपुरको जगातिस्थित महेश्वरी बैंक्वेटमा संचालित पहिलो राउण्डको खेलमा काठमाण्डौं र ललितपुर महानगरपालिका त्यसैगरी दोलखाको भिमेश्वर र झापाको दमक नगरपालिकाले विजयी शुरुवात गरेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाले भने पहिलो दिनमै हार व्यहोर्नु परेको छ ।

    स्वीस लिग ७ राउण्डको खेल हुने प्रतियोगितामा दोलखाको भिमेश्वर नपाले भक्तपुरको सूर्यविनायक नपालाई ३—१ ले हराएको हो । त्यसैगरी दमक नपाले बनेपा नपालाई ४—० ले हराएका थिए ।

    प्रतियोगितामा ललितपुरका सजिन महर्जन, बद्रिलाल नेपाली, विलमलाल श्रेष्ठ र सुरोज महर्जनको टीमले सुपको गोदावरी नपालाई ४—० ले पराजित गरे । काठमाण्डौंले तारकेश्वर नपालाई साढे तीनका विरुद्ध आधा अंकले हराए । काठमाण्डौका लागि केशव श्रेष्ठ, नबिन तण्डुकार र राजेन्द्र बज्राचार्यले जीतेका थिए भने रिजेन्द्र राजभण्डारीलाई १२ बर्षिय पुरुषोत्तम सिलवालले बराबरीमा रोके । यस्तै गोकर्णेश्वर नपाले पोखरा मनपालाई ३—१ ले हराउन सफल भए । गोकर्णेश्वरका पुन्यमान कर्माचार्य, जनार्दन श्रेष्ठ, भगवती शर्माले जिते भने राजभक्त कछेपति पोखराका रामबहादुर क्षेत्रीसित हारे ।

    ४ दिन सम्म चल्ने यस प्रतियोगितामा देशभरबाट २२ वटा नगरपालिकाहरु सहभागी रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...