News Portal

  • भक्तपुरमा दिनभर देवतालाई सगुन

    अनिल श्रेष्ठभक्तपुर,५ वैशाख
    ११३३ पटक
    भक्तपुर,५ वैशाख

    बिस्का जात्राको आठौं दिन शनिबार भक्तपुरमा देवतालाई सगुन चढाउने जात्रा सम्पन्न भयो । स्थानीय नेपाल भाषामा यसलाई द्यो स्वगं वियगू जात्रा भनिन्छ। बिस्का जात्राको आठौं दिन भक्तपुरका शक्तिपिठ तथा महत्वपूर्ण देवीदेउताहरुको सगुन पुजा विहानैदेखि धुमधामका साथ मनाएको हो । सांस्कृतिक तथा धार्मिक महत्व बोकेको भक्तपुरका देवीदेउताहरुको सगुण पुजालाई बिस्का जात्रालाई विशेष पर्वका रुपमा पनि लिइन्छ ।

    बिस्का जात्राको आठौं दिन अर्थात हरेक बर्षको वैशाख ४ गते यो जात्रा यसरी नै यहाँं धुमधामका साथ दिनभर मनाइन्छ । बिस्का जात्राको क्रममा अरु दिन एउटा टोलमा मात्रै जात्रा चल्ने भएपनि यो दिन भने नगरभरि जात्रा चल्ने गर्दछ ।

    यस जात्राका भने महिलाहरु लस्करै परम्परागत हाकुपटासीमा हिँड्छन् । स्थानीय बाजा गाजा लिएर परिक्रममा गर्ने गर्दछ । नगर भित्र रहेको ३३ स्थानमा देवतालाई सगुन चढाउने गर्दछ । उक्त सगुन चढाउने स्थानमा देवतालाई देवाताघरबाट बाहिर निकालेर टोलटाटोलमा ल्याएर राखेको हुन्छ ।

    सगुन यात्रामा सूर्यमढीबाट दतात्रय, गोल्मढी, सुकुलढोका, टौमढी, गहिटी, लाकुलाछें, नासमना, भार्वाचो, इताछें, खौमा हुँदै तलेजु, चोछें, भोलाछें, थालाछें, नागपोखरी, तचपाल घुमेर पुनः सूर्यमढीमै पुगेर जात्रा अन्त्य हुन्छ । यो दिन विषय दिनको रुपमा पनि लिने गर्दछ । एकै दिन सबै देवतालाई पुजा गर्ने दिन भएकोले पनि यस दिनलाई विशेष दिनको रुपमा पनि लिने गर्दछ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...