News Portal

  • पीसीआर परीक्षण माग गर्दै संसद अवरुद्ध गर्ने सांसदकै `चिउडोमा मास्क’

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १४ बैशाख
    ४३५ पटक
    भक्तपुर, १४ बैशाख

    गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको दोस्रो बैठक सत्तारुढ दल नेकपा(एमाले)कै केपी ओली पक्षका सांसदले अवरुद्ध गरेका छन् ।

    एमाले सांसदहरूले पीसीआर परीक्षण गर्न माग गर्दै मंगलबारको बैठक अवरुद्ध गरेका हुन् ।

    बैठकमा समय लिएर बोल्दै एमाले सांसद राजीव पहारीले कोरोना भाइरसको संक्रमण बढेको तर पीसीआर परीक्षणबिनै संसद् चलाइएको भन्दै बैठक अगाडि बढ्न नदिने बताए ।

    तर सांसद पहारी आफैले भने चिउडोमा मास्क लगाएका थिए ।

    उनले कास्की प्रशासनले पनि निषेधाज्ञा जारी गरेको र संसदमा पनि संक्रमण फैलिन सक्ने भन्दै संसद् अगाडि बढ्न नदिने बताए ।

    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध संसदमा सोमबार पेस भएको अविश्वास प्रस्तावमाथि विशेष अधिवेशनको दोस्रो बैठकमा छलफल गर्ने कार्यसूची थियो ।तर, संसद अवरुद्ध भएसंगै सो हुन सकेन । श्रोत : गण्डकीटाइम्स

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...