नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरूलाई आवश्यकता परेमा सेवामा फिर्ता हुन तयार अवस्थामा रहनका लागि निर्देशन दिएको छ । पछिल्लो पाँच वर्ष यता अवाकाश प्राप्त गरेका स्वास्थ्यकर्मीलाई सेनाले उक्त निर्देशन जारी गरेको हो ।
जङ्गी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले २०७२ साल यता नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश प्राप्त गरेका स्वास्थ्यकर्मीहरूलाई तयारी हालतमा रहन निर्देशन जारी गरेको सेनाले जनाएको छ ।
नेपालमा बढिरहेको कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि नेपाली सेनाले आफ्नो भूमिकाको पूर्वानुमानसहित उक्त निर्देशन जारी गरेको बुझीएको छ । सेनाको निवृतिभरण निवेदन लेख्दा नै देशलाइ आवस्यक परेर बोलाएको बखत हाजिर हुनेछु भनेर लेखेको हुन्छ ।