News Portal

  • ढल्यो करिब दुई तिहाइ बहुमत सहित बनेको कम्युनिष्ट सरकार

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ बैशाख
    १००४ पटक
    भक्तपुर, २७ बैशाख

    प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढलेको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएपछि सरकार ढलेको हो ।

    प्रधानमन्त्री ओलीले प्रतिनिधि सभासमक्ष विश्वासको मत मागेपछि मतदान भएको थियो । सोमबार भएको मतदानमा उनको पक्षमा ९३ मत मात्र परेपछि उनी पदमुक्त भएका हुन् । प्रधानमन्त्री पदमुक्त भएसँगै उनको नेतृत्वमा झन्डै दुई तिहाइसहित बनेको कम्युनिष्ट पार्टीको सरकार ढलेको छ । प्रधानमन्त्री ओलीले सम्भवतः आजै राष्ट्रपतिसमक्ष राजीनामा दिनेछन् । प्रतिनिधिसभामा विश्वासको मत माग्दै उनले संसदले आदेश दिएमा आफू सरकारको नेतृत्वमा नरहने बताएका थिए ।

    मतदानमा २३२ सांसद सहभागी थिए । ओलीको पक्षमा जम्मा ९३ मत मात्र खसेको छ । विपक्षमा १२४ मत परेको छ भने १५ मत तटस्थ रहेको छ । जनता समाजवादीको महन्थ ठाकुर पक्षले तटस्थ बस्ने निर्णय गरेको थियो । माधव झलनाथ पक्षका सांसद भने अनुपस्थित रहे । संसदमा २७ सांसद अनुपस्थित रहेका थिए । अनुपस्थित रहेका अधिकांश माधव झलनाथ समूहका सांसद हुन् ।

    सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको अर्को बैठक बैशाख ३० गते बस्ने बताएका छन ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...