News Portal

  • जीवितदेवी कुमारीलाई पहिलो पटक नयाँ आसन

    बुद्धशरण शाही/ भक्तपुरपोस्ट ललितपुर, १ जेठ २०७८
    ८९० पटक
    ललितपुर, १ जेठ २०७८

    ललितपुर स्थित रत्नाकर महाविहारमा रहेको कुमारी घरमा जीवितदेवी कुमारीलाई विहीबार पहिलो पटक नयाँ आसनमा विराजमान गराइएको छ ।

    नयाँ आसनमा विराजमान गराउनु अघि महाविहारमा गुरुजु (बेताजु) बुद्धरत्न बज्राचार्यले संकल्प र पञ्चोपचार पुजा गरेका थिए । त्यसपछि वडाको तर्फबाट सदस्य सुप्रभा शाक्यले विहारका ज्येष्ठ सदस्य चक्रेश्वर आजु (ज्येष्ठ) ज्ञानबहादुर बज्राचार्य र सिद्धिरत्न बज्राचार्यलाई आसन हस्तान्तरण गरिन ।

    चाँदीको कलात्मक आसन सुनले लेपन गरिएको छ । वरिष्ठ कलाकार प्रचण्ड शाक्यले सो आसन तयार पारेका हुन् । यस अघिको पुरानो आसनको ढाँचालाई हेरेर कलात्मक तरिकाले नयाँ आसन तयार गरिएकोे बताइएको छ । नयाँ आसनको लागत ७ लाख ५० हजार रुपैयाँ रहेको छ ।

    हरेक दिन नियमित पुजाको लागि जीवित देवी कुमारी सो आसनमा बिराजमान हुनुहुनेछ । यस अघिको आसन निकै पुरानो र जीर्ण भएको हुनाले नयाँ आसनको लागि वडाअध्यक्ष निर्मलरत्न शाक्यलाई एक वर्ष अघि आग्रह गरिएको स्मरण गर्दै महाविहारका आजु सिद्धिरत्न बज्राचार्यले भने, ‘ ‘नयाँ आसन हस्तान्तरण गरेर वडाले संस्कृतिप्रति सम्मान गरेको अनुभूत गरेका छौं ।’ पुरानो आसन नेपाल संवत् १०६१ मा हर्षराज बज्राचार्य र उनका परिवारले प्रदान गरेका थिए ।

    जीवित देवी कुमारीको परम्परा नेपालकै एउटा पहिचानको अन्तर्राष्ट्रिय रुपमा परिचित छ । नेवाः संस्कृति र जात्रा पर्वमा जीवित देवीको विशिष्ट स्थान रहेको छ । रातो मच्छिन्द्रनाथ तान्ने बेला, भोटो जात्रा, बडा दशैको अवसरमा पाटन दरबार क्षेत्रमा हुने पुजाआजामा कुमारीलाई आसनमा राखेर उपस्थिति गराउने गर्दछ । नयाँ आसन हस्तान्तरणले कुमारी परम्परालाई निरन्तरता दिइरहेका गुठीयार तिनका परिवारलाई मात्र नभई संस्कृति संरक्षणमा लाग्ने सबैका लागि गौरव र खुशीको अनुभूत गराएको बौद्ध विहार संघ उपाध्यक्ष करुणारत्न बज्राचार्यले बताउछन् । वडा कार्यालयले गत वर्ष कार्तिक नाचमा मुख्य आकर्षक रहेको बाराही र नरसिह अवतार नाचमा कलाकारहरुले लगाउने कलात्मक नयाँ मुकुट प्रदान गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...