सरकारले सरकारी कर्मचारीको तलव बढाएको छ । नयाँ आर्थिक वर्ष संगै कर्मचारीको तलव मासिक २ हजारको दरले बढ्ने भने हो ।
अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणको क्रममा सो कुरा सार्वजनिक गरेका हुन् ।
त्यस्तै सरकारले महंगी भत्तालाई निरन्तरता दिएको छ भने सबै प्रदेशमा सरकारी कर्मचारीको लागि सामुहिक आवास बनाउने समेत घोषणा गरेको छ ।
त्यस्तै सरकारले सरकारी कर्मचारीको सामुहिक दुर्घटना बीमा र स्वास्थ्य बीमाको प्रिमियम सरकारले तिर्ने समेत व्यवस्था गरेको छ ।