News Portal

  • फर्जी डिएसपी प्रहरी फन्दामा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३१ जेठ २०७८
    ७९८ पटक
    भक्तपुर, ३१ जेठ २०७८

    आफूलाई नेपाल प्रहरीको डाक्टर र मेडिकल प्रहरी नायब उपरीक्षक (डिएसपी) बताउने एक फर्जी डिएसपी प्रहरी फन्दामा परेका छन् । तारकेश्वर नगरपालिका वडा नं ६ बस्ने बर्ष ४४ को कृष्ण प्रसाद ढुंगाना पक्राउ परेका हुन् ।

    उनलाई अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । भिक्टोरिया फार्मेसीका संचालक समेत रहेका ढुंगानाले आफूलाई नेपाल प्रहरीको डाक्टर बताउने गरेका बताइएको छ । उनको साथबाट नेपाल प्रहरीको बिभिन्न पदहरूको यूनिफम लगाएका फोटा ३ थान , प्रहरी नायब उपरीक्षकको यूनिफम १ थान, नेपाल प्रहरीको जर्सि १ थान ,मोबाईल सेट १ थानबरामद गरिएको अपराध महाशाखाले जनाएको छ।

    महानगरीय अपराध महाशाखाले ढुंगानाबाट कोही व्यक्ति ठगिएका वा पिडित भएका भए नजिकको प्रहरी कार्यालय वा महाशाखामा सम्पर्क गर्न अनुरोध गरेको छ । उनीबारे थप आवश्यक अनुसन्धान कार्य भइरहेको महाशाखाले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...