News Portal

  • सिन्धुपाल्चोकमा सम्पर्कविहीन ७ जनाको पहिचान खुल्यो

    भक्तपुर, २ असार २०७८
    ३९६ पटक
    भक्तपुर, २ असार २०७८

    सिन्धुपाल्चोकको हेलम्बुमा बाढीले बगाएर सम्पर्कविहीन ७ जनाको पहिचान खुलेको छ । इन्द्रावती नदीमा आएको बाढीले बगाएर सम्पर्कविहीन भएका ७ को पहिचान खुलेको हो ।

    सम्पर्कविहीन हुनेमा हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी र वर्ष ४२ का गणेश ज्योती, हेलम्बु–३ का ६६ वर्षीया टिकामाया खड्का, हेलम्बु–७ का ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति हेलम्बु–६ का ५० वर्षीय च्याङ्बा तामाङ तथा नाम खुल्न नसकेको उनको श्रीमती र साँगाचोकगढी–६ का वर्ष २३ को सुरेन्द्र नेपाल रहेका प्रहरीले जनाएको छ ।

    मंगलबार साँझबाट आएको बाढीले हेलम्बु र मेलम्ची क्षेत्रमा जनधनको क्षति भएको छ । पानीको सहत बढेपछि मानिसहरुलाई सुरक्षित क्षेत्रमा जान आह्वान गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

    सभामुख अग्नि प्रसाद सापकोटा लगायत जनप्रतिनिधि र स्थानीय नेताहरु उद्धारमा सक्रिय भएका छन् । सेना, प्रहरी र स्थानीय स्वयम्सेवकहरू उद्धारमा खटिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...