News Portal

  • एमाले केन्द्रीय कमिटी बैठक बस्दै

    भक्तपुरपोष्ट संवाददाता७ साउन २०७८
    ५५९ पटक
    ७ साउन २०७८

    नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ। आज दिउसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसिलाल स्मृति प्रतिष्ठानमा बैठक बस्नेछ ।

    पार्टीको ह्वीप उल्लंघन गर्ने २२ सांसदलाई हिजो सोधिएको स्पष्टीकरणबारे आज थप छलफल हुने बताईएको छ । पार्टी निर्णय विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई एमालेले हिजो स्पष्टीकरण पत्र पठाएको छ । एमालेले संसदीय दलको विधान विपरीत पार्टीविरुद्ध विभिन्न भेला आयोजना गर्ने र गुटगत गतिविधिमा लागेको भन्दै माधव नेपाल समूहका २२ जना सांसदलाई स्पष्टीकरण सोधेको हो ।

    साउन ५ गतेको मिति राखेर पठाइएको पत्रमा फ्लोर क्रस गरेर देउवालाई विश्वासको मत दिएकोबारे भने उल्लेख छैन । तर पार्टीविरुद्ध भेला तथा गुटगत गतिविधि गरेको र पार्टी निर्णय विपरीत विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण काम गरेको आरोप लगाइएको छ । उनीहरुले दिने जवाफ चित्तबुझ्दो नभएमा पार्टीबाट निश्कासन गर्ने ब्यहोरा पनि पत्रमा खुलाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...