News Portal

  • पुष्पलाल स्मृति दिवसको प्रवचन कार्यक्रममा प्रचण्ड माधव र विप्लवका नेता एकै ठाउमा

    भक्तपुरपोष्ट संवाददाता८ साउन २०७८
    ६२१ पटक
    ८ साउन २०७८

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सम्म आज कम्युनिस्ट पार्टीका शीर्ष नेताले एकै मञ्चबाट सम्बोधन गर्दै छन्।

     

    जसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भने निमन्त्रणा गरिएको छैन।

     

    पुष्पलाल स्मृति दिवसका उपलक्ष्यमा पुष्पलाल मित्रता केन्द्रले आज दिउँसो काठमाडौंमा आयोजना गर्न लागेको प्रवचन कार्यक्रममा ओलीबाहेक कम्युनिस्ट पार्टीका शीर्ष नेतालाई वक्ताका रूपमा बोलाइएको हो।

     

    केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाका अनुसार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा दिउँसो साढे १२ बजे कार्यक्रम सुरु गरिनेछ।

     

    त्यस क्रममा ‘नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक प्रवचन कार्यक्रम राखिने भएको हो।

     

    कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा ९क्रान्तिकारी० माओवादीका अध्यक्ष मोहन वैद्य र नेकपा महासचिव विप्लवले प्रवचन दिनेछन्।

     

    त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी र एमाले नेता अष्टलक्ष्मी शाक्यले पनि प्रवचन दिनेछन्।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...