News Portal

  • काँग्रेस सह-महामन्त्रीमा कमला पन्तको दावी

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २४ मंसिर २०७८
    ९९८ पटक
    भक्तपुर, २४ मंसिर २०७८

    नेपाली काँग्रेसको १४ औ महाधिवेशनमा सभापति देखि सदस्य सम्म आकांक्षीहरु बीच तीब्र प्रतिष्पर्धा देखिएको छ । पदाधिकारीमा महत्वपूर्ण मानिएको सह-महामन्त्रीमा भने भक्तपुरको कौसलटार बस्दै आएकी कमला पन्तले पनि दावी पेश गरेकी छन् ।

    पूर्व राज्यमन्त्री समेत रहेकी गोर्खाली नेतृ पन्तको मिजासिलो व्यवहार र सक्षम नेतृत्वका कारण उनी सह महामन्त्री बन्ने सम्भावना रहेको बताइएको छ ।

    गोरखाबाट २०५१ र ५६ मा निर्वाचित सांसद पन्त दुवै संविधान सभामा सभासद समेत रहेकी थिइन् । विद्यार्थीबाट राजनीतिमा होमिएकी पन्त पद्मकन्या क्याम्पसको सभापति हुँदै ४० वर्ष देखि निरन्तर राजनीतिमा सक्रिय रहेकी छन् । उनी मात्र होइन, उनको परिवार नै पार्टी राजनीतिमा सक्रिय रहेको छ । उनका पति मधु आचार्य काँग्रेसका बौद्धिक नेता एवं निवर्तमान काभ्रे सभापति समेत हुन् । पन्तको भक्तपुर संग पनि बलियो साइनो रहेको छ । उनी भक्तपुरको कौसलटारमा बस्दै आएकी छन् ।

    काँग्रेसको संसदीय दलमा सचेतक समेत रहीसकेकी पन्तले पार्टीको केन्द्रीय सदस्यको रुपमा समेत कार्य अनुभव संगालेकी छन् । महिलालाई हक अधिकार दिलाउन अग्रभागमा रही भूमिका निभाएकी पन्त राजनीतिमा नैतिकता भएकी नेतृको रुपमा समेत रहन सफल भएकी छन् । शैलजा आचार्य आदर्श समाजको सस्थापक पन्त सोही आदर्श पछ्याउँदै राजनीतिमा अघि बढिरहेकी नेतृ हुन् ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...