News Portal

  • नेतृत्वका लागि अघि बढ्न नेवा: समुदायलाई आग्रह

    भक्तपुरपोस्ट संवाददाताकाठमाडौ, १४ पुस २०७८
    ६४६ पटक
    काठमाडौ, १४ पुस २०७८

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले विगतका दिनमा सम्पन्न र विकसित जातिको रुपमा रहेको नेवार समुदायको अवस्था अहिले भने संकटमा पर्दै गएको विचार व्यक्त गरेका छन् । बुधबार काठमाडौंमा नेवाः जातिय महासंघले आयोजना गरेको ‘नेवाःको भविष्य’ विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री श्रेष्ठले सोकुरा बताएका हुन् ।                           गोरखा राज्य विस्तारपछि सुरु भएको नेवारमाथिको भाषिक, आर्थिक, सामाजिक र राजनीतिक दमन आजको दिनसम्म कुनै न कुनै रुपमा निरन्तर भइरहेको मन्त्री श्रेष्ठको भनाई छ । ‘गएका दिनमा विदेशमा मन्दिर, विहार, मूर्ति आदि बनाउनुपरे नेपालबाट कलाकार बोलाउने गथ्र्यो र त्यस्ता प्राय कलाकारहरु नेवार समुदायबाटै हुने गर्दथ्यो । तर, आज नेपालमा केही बनाउनुपरे भारतबाट कामदार झिकाउनुपर्ने अवस्था आयो’ श्रेष्ठले भने ।
    अहिलेको संघीय शासनमा सबै जाती, सबै समुदायले साझा शासन चलाउन सकिने अवस्थामा अवसरको सदुपयोग गर्दै अघि बढ्न श्रेष्ठले सुझाव दिए । ‘अहिले देशमा संघीय शासनमा हरेक जातिको पहिचान स्थापित हुने अवसर छ । विभिन्न स्वायत्त क्षेत्र, संरक्षित क्षेत्रको रुपमा साझा शासन गर्न सक्ने अवसरलाई सदुपयोग गर्दै अब उत्पीडित समुदाय पनि अगाडी बढ्न सकिने समय छ’ मन्त्री श्रेष्ठले भने ।
    त्यस्तै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अवसर भएको समयमा एक आपसमा दोषारोपण, विरोध गरेर बस्नुभन्दा अवसरको सदुपयोग गर्नमा लाग्न आग्रह गरे ।                                                                                    रानीपोखरी, कमलपोखरी लगायतका सम्पदा पुनर्निर्माणको प्रसङ्ग कोट्याउँदै मेयर शाक्यले कुनै ऐतिहासिक सम्पदाको पुनर्निर्माण, जिर्णोद्धार गर्न खोज्दा पूर्वाग्रह राखेर विरोध हुने गरेको दावी गरे । ‘कुनै सम्पदाको पुनर्निर्माण, जिर्णोद्धार गर्न खोज्दा विना कुनै जानकारी, अध्ययन विरोध गरेर रोक्ने गरिन्छ । यसबाट नोकसानी कसलाई हुन्छ ? हामी विरोध गरेर बस्नुभन्दा अहिले काठमाडौंको विकासमा लागौं न’ शाक्यले भने। रत्नपार्कमा गणेशमान सिंहको शालिक राखेकै समूहले शंखधरको शालिक राख्दा विरोध गरेको भन्दै शाक्यले राजनीतिक पूर्वाग्रहबाट माथि उठेर समुदायको स्वार्थमा लाग्न आग्रह गरेका थिए ।
    त्यसैगरी नेवार आन्दोलनका अगुवा डा. महेशमान श्रेष्ठले कथित विकासको नाममा काठमाडौं उपत्यकामा नेवार समुदायलाई विस्थापित गर्ने काम भइरहेको बताए । मेगा सिटी, स्मार्ट सिटीको नाममा नेवारलाइृ अल्पमतमा पार्ने र हरेक क्षेत्रबाट नेवारलाई विस्थापित गर्न खोजिएको श्रेष्ठको दावी थियो । ‘अब मेगा सिटीको नाममा उपत्यकाको जनसंख्या एक करोड पु¥याइनेछ । एक करोडमा नेवारको संख्या ७ प्रतिशत हुनेछ र अल्पमतलाई बहुमतले शासन गर्न खोजिनेछ’ श्रेष्ठको भनाई थियो । आदिवासी अधिकारबारे सचेत हुन श्रेष्ठले नेवार समुदायलाई आग्रह गरे ।
    कार्यक्रममा जातिय महासंघका अध्यक्ष मनोज नेवाः खड्गीले ‘नेवाःको भविष्य’ विषयमा महासंघको अवधारणा प्रस्तुत गरे । ५ पृष्ठको सो अवधारणा पत्रमा राज्यले नेवाः समुदायको भाषा र संस्कृतिपछि अब भूमि पनि खोस्न खोजेको दावी गरिएको छ । आफ्नो भाषा, संस्कृति र भूमिको संरक्षण गर्दै राजनैतीक रुपमा पनि सचेत भएर नेतृत्व लिन अघि बढ्न अध्यक्ष खड्गीले आग्रह गरे । गोष्ठीबाट समुदायमा विद्यमान समस्याको पहिचान गर्दै आउने दिनहरुमा पनि समुदायबीच छलफल, अन्तरक्रिया गर्दै समस्याको समाधानमा लाग्ने जानकारी खड्गीले दिनुभयो । ‘हामी समस्याको मात्र कुरा गर्दैनौं । यो गोष्ठी शुरुवाती पाइला हो, हामी यसरी नै छलफल गर्दै जानेछौं र आउने दिनहरुमा समस्याको समाधानतिर लाग्नेछौं’ खड्गीले भने ।
    महासंघका उपाध्यक्ष न्हुछेँकाजी महर्जनले अवसरको सदुपयोगमा नेवार समुदाय धेरै ठाउँमा चुकेको विचार राखे । लहलहैमा लागेर विरोध गर्ने प्रवृत्ती निकै रहेको भन्दै उपाध्यक्ष महर्जनले अवसरको खोजी पनि गर्न आग्रह गरे । कार्यक्रममा सहभागीहरुले सबै राजनीतिक पार्टीका नेवार नेता, कार्यकर्ताहरुले मोर्चावन्दी नै गर्दै समुदायको विकास र हितमा लाग्नुपर्ने सुझाव राखेका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर प्याब्सनमा कस्पालको अध्यक्षतामा नयाँ कार्यसमिति, दुई पदमा भयो मतदान

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को भक्तपुर जिल्ला कार्यसमितिले नयाँ नेतृत्व पाएको छ ।...

    काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीमा भब्य प्रदर्शनी, आजसम्म मात्र अवलोकन गर्न सकिने

    काठमाडौं इन्जिनियरिङ कलेज, कालिमाटीले तीन दिने बृहत प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीको आज अन्तिम...

    कमलविनायक–नगरकोट सडक निर्माण कम्पनीले नै गरे सम्झौता रद्दको घोषणा

    भक्तपुरको कमलविनायक–नगरकोट सडक सुधार एवम् बिस्तारको जिम्मा पाएको नेपाली निर्माण कम्पनी सैलुङ्ग कन्सट्रक्सन (एससीसीपीएल) र...

    रास्वपा सभापति रवि ८४ दिनपछि रिहा

    पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६५ लाख...

    पत्रकारद्वय दाहाल र पोखरेल पुरस्कृत

    पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय...