News Portal

  • आगलागीबाट ५ जनाकाे मृत्यु

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ माघ २०७८
    ५७७ पटक
    भक्तपुर, २८ माघ २०७८

    तस्वीर : सांकेतिक

    दाङको तुलसीपुर–५ मा आगलागी हुँदा ५ जनाकाे मृत्यु भएकाे छ । एक जुत्ताचप्पलकाे गाेदाममा आगलागी हुँदा उक्त हताहती भएको हो ।

    ४ तले भवनमा राति सुतिरहेका बेला आगलागी भएकाले ठूलो मानवीय क्षति भएको प्रहरीले बताएको छ । बिजुलीको मिटर पड्किएर आगो लागेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। राति २ बजेखि लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा आएपछि मात्र शव बाहिर निकाल्न सकिएको थियो ।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार आगलागीमा परेर करिब ६ वर्षीय आदित विन अली,१३ वर्षीया सुजिता खातुन,१४ वर्षीय मसिन बकस, १५ वर्षीय हसन बकस र ४० वर्षीय नजरबिन अलीको मृत्यु भएको छ। उनीहरू सबै सोही घरमा भाडामा बस्दै आएका बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...