६ महिना अगाडि मात्रै अष्ट्रेलिया गएका २१ वर्षिय नेपाली विद्यार्थी समिर कोइराला मृत अवस्थामा फेला परेका छन्। चितवन स्थायी घर भएका समिर अस्ट्रेलियाको मेलवर्नमा आफ्नै घरमा मृत अवस्थामा भेटिएको एनआरएन अस्ट्रेलियाले जानकारी दिएको छ।
कुकरी अध्ययन गर्न ६ महिना अगाडि मात्रै अष्ट्रेलिया आएका समिर साथीभाइसँग बस्दै गएका थिए। केही समयदेखि मानसिक तनावमा देखिएका समिरको असमायिक निधन बारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
मृतकको परिवारसँग समन्वय गरेर शव नेपाल ल्याउने अभियानमा एनआरएन विद्यार्थी काउन्सिल एडभाइजरी टिम लागिपरेको एनआरएनका पब्लीक अफिसर सुमन अधिकारीले जानकारी दिए। शव नेपाल पठाउन ‘गो फन्ड’ मार्फत सहयोग रकम संकलन सुरू भएको छ।