News Portal

  • काठमाडौँ महानगरपालिकाले नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, असार ५ २०७९
    २६६ पटक
    भक्तपुर, असार ५ २०७९

    काठमाडौँ महानगरपालिकाले आज (आइतबार) नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ ।दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा हुने नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।सोही नीति तथा कार्यक्रमको आधारमा असार १० गते आर्थिक वर्ष २०७९८० को बजेट आउने छ ।

    स्वतन्त्र उम्मेदवार बनेर राजनीतिक दलका उम्मेदवारलाई हराउँदै मेयर पद जितेका मेयर बालेन्द्र साहको नेतृत्वमा कस्तो नीति तथा कार्यक्रम र बजेट आउला भन्ने चासो रहेको छ ।

    नगर सभामा मेयर साह अल्पमतमा रहेकाले नीति तथा कार्यक्रम पास गराउन राजनीतिक दलबाट उम्मेदवार बनेर चुनिएका जनप्रतिनिधिहरुको साथ चाहिने छ ।यसैबीच नीति तथा कार्यक्रमबारे छलफल गर्न आज बिहान काठमाडौँ महानगरपालिकाको कार्यपालिकाको बैठक बसेको थियो ।

    अघिल्ला बैठकहरु लाइभ गर्दै आएको महानगरपालिकाले आजको बैठक भने लाइभ गरेन । बैठक अनौपचारिक भएकाले लाइभ नगरिएको मेयर साहको सचिवालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...