News Portal

  • एमालेमाथिका आरोप बारे छानबिन गर्न सरकारलाई महेश बस्नेतको चूनौति

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, असार ४ २०७९
    ६०६ पटक
    mahesh basnet sansad भक्तपुर, असार ४ २०७९

    नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेमाथि लगाईएका आरोपको बारेमा छानबिन गर्न सरकारलाई चूनौति दिएका छन् । हालै प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको सरकार र गठबन्धनको विरोधमा आम जनता एकजुट हुनुपर्ने जोड दिएका छन् ।उनले अहिलेको गठबन्धन कुहिएको फर्सीजस्तै भएको र एमालले चाह्यो भने एक दिनमै गठबन्धन टुट्ने बताएका छन् । उनले सत्ता गठबन्धनको प्रमुख साझेदार दल नेकपा (माओवादी केन्द्र) भित्र ठूलो समस्या रहेको बताएका छन् । उनले अहिले बहालवाला मन्त्रीहरु ज्यान जाला पद छोड्नेवाला नरहेको र अर्को समूह मन्त्रीहरु बन्नको लागि तयार भएर बसेको बताएका छन।

    कांग्रेसभित्र पनि नयाँ मन्त्री बन्नको लागि नेताहरु तयार रहेको बस्नेतले बताएका छन् । सरकारले हतार हतारमा बजेट पास गर्नुको कारणपनि सत्ता दलभित्रै समस्या उत्पन्न भएको प्रमाण भएको उनको भनाई छ । उनले अहिलेको गठबन्धन परिआए संसद् विघटन गर्नेसम्मको तयारीमा जुटेको खुलासा गरेका छन् । पाँच दलीय गठबन्धनभित्र ठूलो समस्या रहेको भन्दै आगामी निर्वाचनसम्म यो गठबन्धन नजाने उनले दाबी गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...