News Portal

  • आसन्न अमेरिका भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्रीलाई निर्देशन

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, असार ५ २०७९
    ४२७ पटक
    भक्तपुर, असार ५ २०७९

    प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई उनको आसन्न अमेरिका भ्रमणबारे जानकारी गराउन निर्देशन दिएको छ ।आज सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको बैठकले भ्रमणको मिति तय भएपछि एजेन्डाबारे जानकारी गराउन निर्देशन दिएको हो । समितिले आज प्रधानमन्त्री देउवालाई छलफलका लागि बैठकमा बोलाएको थियो तर, उनी उपस्थित भएनन् ।

    बैठकमा प्रधानमन्त्री अनुपस्थित भएकामा समितिको ध्यानाकर्षण भएको जनाइएको छ । रक्षामन्त्री समेत रहेका प्रधानमन्त्रीलाई स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपीै )परराष्ट्र नीति कार्यान्वयन, अमेरिका भ्रमणबारे जानकारी दिन औपचारिक पत्रसहित समितिमा आउन आमन्त्रण गरिएको थियो । आफू नआउने र प्रतिनिधि समेत नपठाएको भन्दै समिति सभापतिसहित सांसदहरूले दुःख व्यक्त गरे ।

    बैठकले दुई वर्षदेखि नबुझाएको समितिको प्रतिवेदन परिमार्जनसहित पारित गर्ने निर्णय गरेको समिति सभापति पवित्रादेवी निरौलाले जानकारी दिइन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...