News Portal

  • मूल्यवृद्धिबारे एमालेले माग्यो मन्त्रीको जवाफ

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर ,६ असार २०७९
    ३८५ पटक
    भक्तपुर ,६ असार २०७९

    प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले मूल्यवृद्धिबारे मन्त्रीको जवाफ माग गरेका छन् ।एमाले सांसद पद्मा अर्यालले मूल्यवृद्धिबारे सरकारले जवाफ दिनुपर्ने माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई जवाफ दिन रुलिङ गरेका छन् ।

    प्रतिनिधिसभाको आज (सोमबारं)को बैठकमा एमाले सांसद अर्यालले मूल्यवृद्धिले जनतालाई आहात बनाएको भन्दै, मन्त्रीले जवाफ दिनुपर्ने माग गरिएको छ।
    यति छोटो समयमा किन यति धेरै मूल्यवृद्धि गर्ने अवस्था किन आइलाग्यो ? उनको माग थियो, किन बढाइयो भन्ने विषयमा मन्त्रीले जवाफ दिनुपर्छ । मन्त्रीले जवाफ नदिएसम्म सदन चल्न सक्दैन र आज नै जवाफ दिनको निम्ति मन्त्रीलाई रुलिङ गर्नको निम्ति माग गर्दछु ।’

    त्यसपछि एमाले सांसदहरूले सिटबाट उठेर संसद् अवरोध गरेका थिए । सभामुख सापकोटाले आफ्नो ध्यानाकर्षण भएको भन्दै सरकारलाई मूल्यवृद्धिबारे जवाफ दिन रुलिङ गरेका थिए । एमाले सांसदहरू आफ्नो सिटमा बसेर संसद् चल्न दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषदमा छ, स्वीकृति पाउनुपर्छ : मन्त्री भट्टराई

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र ख्वप अस्पतालको...

    प्रेस सेन्टर भक्तपुरको अधिवेशन शनिबार

    प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति भक्तपुरले पुस २० गते शनिबारको दिन आफ्नो अधिवेशन गर्ने...

    सम्पादक घिमिरेले गरे पत्रकार महासंघ उपत्यका प्रदेश कोषाध्यक्षको पदभार ग्रहण

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका नवनिर्वाचित कोषाध्यक्ष संजीप घिमिरे (शुभचिन्तक)ले पदभार ग्रहण गरेका छन्...

    माओवादी केन्द्रको विद्यार्थी नेता बन्न ३२ वर्ष उमेर ननाघेको हुनुपर्ने

    peris dada maoist party office

    नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को नेतृत्वमा अन्ततः उमेर हद लागू हुने भएको...

    भक्तपुर नगरपालिकाको पूर्व वडाध्यक्ष एवं नेमकिपा नेता चवालको निधन

    भक्तपुर नगरपालिकाका पूर्व वडाध्यक्ष एवं नेपाल मजदुर किसान पार्टीका नेता कुमार चवालको निधन भएको छ...