News Portal

  • मन्त्री हेरफेरको तयारीमा सत्ता गठबन्धन

    भक्तपुर संवाददाताभक्तपुर,८ असार २०७९
    ३७४ पटक
    भक्तपुर,८ असार २०७९

    सत्ता गठबन्धनको बैठक आज दिउँसो तीन बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको छ । मन्त्री हेरफेरका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो।

    बैठकमा सरकारमा सहभागी काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेता सहभागी हुने जनाइएको छ । बैठकमा राष्ट्रिय जनमोर्चालाई भने बोलाइएको छैन । बजेट पारित भएपछि सत्ता गठबन्धन मन्त्री हेरफेरको तयारीमा जुटेको हो । एकीकृत समाजवादीले जेठ २२ मै आफ्नो सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिसकेको थियो । साथै उनले नयाँ मन्त्रीका रूपमा नेताहरूको नाम समेत टुङ्ग्याइसकेको छ ।

    यसले काँग्रेस, माओवादी र जसपामा पनि मन्त्री हेरफेरको दबाब बढेपछि शीर्ष नेताबीच आज छलफल हुन लागेको बुझिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...