News Portal

  • एसपीपीका विषयमा माओवादीले निर्णायक भूमिका खेलेको प्रचण्डको दाबी

    भक्तपुर संवाददाताभक्तपुर,९ असार २०७९
    ३६२ पटक
    भक्तपुर,९ असार २०७९

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी र एसपीपीका विषयमा आफ्नो पार्टीले निर्णायक भूमिका खेलेको दाबी गरेका छन् । १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरेर ठुलो दुर्घटना टारिएको उनले बताए । आज ललितपुरमा माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी र एसपीपीमा नेकपा एमालेले राष्ट्रघात गरेको आरोप पनि लगाए ।

    उनले एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने प्रावधान थिएन, तर एमालेको केपी ओली नेतृत्वको सरकारले यस्तो प्रावधान थपेर राष्ट्रघात गरेको बताएका छन् । १२ बुँदे व्याख्यात्मक घोषणालाई सम्झौताको अङ्ग बनाएर ठुलो दुर्घटना रोकेको अध्यक्ष ‘प्रचण्डको भनाइ छ । एमसीसीसँगै पारित गरिएको १२ बुँदे घोषणालाई अमेरिकाले समेत मान्यता दिइसकेको प्रचण्डको दाबी छ । यो सम्झौता नेपालको पनि कानुनको अङ्ग बनेको उनले बताए ।

    एसपीपीका सन्दर्भमा पनि प्रचण्डले ओलीलाई आरोप लगाए । ओली प्रधानमन्त्री र रक्षामन्त्रीसमेत रहेका बेला २०१५ मा एसपीपीबारे सैद्धान्तिक सहमति भएको उनले दाबी गरे ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...